फोनपेको क्यूआरबाट भाटभटेनीमा भुक्तानी गर्दा अनलिमिटेड सपिङको अफर, हरेक हप्ता ७० जनाले पाउने

बिजमाण्डू
२०७९ असोज १२ गते १८:२१ | Sep 28, 2022
फोनपेको क्यूआरबाट भाटभटेनीमा भुक्तानी गर्दा अनलिमिटेड सपिङको अफर, हरेक हप्ता ७० जनाले पाउने


काठमाडौं। फोनपेको क्यूआर मार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ। फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको छ। 

Tata
GBIME
Nepal Life

योजना अन्तर्गत फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न पाउने फोनपेले जनाएको छ। साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्ने बताइएको छ। 

यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेताले हरेक दिन भाटभटेनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिने विज्ञप्तीमा उल्लेख छ।

यसका साथै उपभोक्ताहरुलाई सपिङ गर्न सहज होस् भन्ने उद्देश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई नि:शुल्क भाटभटेनीको झोला प्राप्त हुने फोनपेले जनाएको छ। यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुने बताइएको छ।