इष्टर्न हाइड्रोको सेयर सर्वसाधारणलाई असोज २८ बाट, प्रति मेगावाट लागत २६ करोड ११ लाख रुपैयाँ

बिजमाण्डू
२०७९ असोज १३ गते ०८:५६ | Sep 29, 2022
इष्टर्न हाइड्रोको सेयर सर्वसाधारणलाई असोज २८ बाट, प्रति मेगावाट लागत २६ करोड ११ लाख रुपैयाँ

काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडले स्थानीयलाई छुट्याएर बिक्री नभएको समेत गरेर आमसर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले आयोजना प्रभावित भोजपुरबाशीका लागि ६ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो। त्यसमध्ये ५० हजार ३१० कित्ता सेयर बिक्री भएको थिएन।

योसमेत गरेर ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गर्ने भएको हो। यसमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्तामा सर्वसाधारणले दावी गर्न पाउने छन्।

सेयरमा कम्तिमा १० कित्ता र बढिमा एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ। परियोजनाको प्रति मेगावाट लागत २६ करोड ११ लाख रुपैयाँ छ। कुल लागत एक खर्ब ३० करोड अनुमान गरिएको छ।