मर्जर र लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा

बिजमाण्डू
२०७९ असोज १३ गते ११:३७ | Sep 29, 2022
मर्जर र लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा


काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारणसभा कात्तिक ४ गते गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

असोज १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभाको मिति र समय  तय गरेको हो। सभा कम्पनीको प्रधान कार्यालय राज भवन तीनकुनेमा हुने कम्पनीले जनाएको छ।

सभाले गुराँस प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि समितिबाट पेस भएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने र सोपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बताइएको छ। 

आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट हाल कम्पनीको कायम चुक्ता पूँजीको सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्ने एजेण्डा तय भएको कम्पनीले जनाएको छ। 

त्यस्तै, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने पनि कम्पनीले जनाएको छ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीको बुक क्लोज असोज २६ गते हुने भएको छ।