महालक्ष्मी विकास बैंकले संस्थापकतर्फको २५ हजार कित्ता सेयर बिक्री गर्ने

बिजमाण्डू
२०७९ असोज १३ गते १२:४१ | Sep 29, 2022

काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थापकतर्फको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

उक्त सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीलाई दर्खास्त दिन आह्वान गरेको हो। 

उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले बैंकले प्रक्रिया अघि बढाएको छ। 

संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।  

३५ दिनभित्र पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे बैंकले उक्त सेयर अन्य जो कोही खरिदकर्तालाई बिक्री गर्ने जनाएको छ।