नेपाल-अमेरिका सिधा हवाइ उडानका लागि सुरु भयो प्रक्रिया, अमेरिकाले सुरु गर्‍यो पत्राचार

बिजमाण्डू
२०७९ असोज १३ गते १३:३० | Sep 29, 2022
नेपाल-अमेरिका सिधा हवाइ उडानका लागि सुरु भयो प्रक्रिया, अमेरिकाले सुरु गर्‍यो पत्राचार


काठमाडौं। नेपाल-अमेरिका दुईतर्फी सिधा उडानका लागि प्रक्रिया सुरु भएको छ। एक साता अगाडि अमेरिकाको फेडर ल एभिएसन एडमिसनीस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले यो मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र यतिखेर धमाधम अध्ययन भइरहेको प्राधिकरणका एक अधिकारीले बताए।

'अमेरिकाले फ्री स्काइ पोलिसी अनुसार उड्डयन उद्योग संचालन गर्दै आएको छ। अहिलेसम्म अमेरिकाले उडान गर्दै आएको मुलुकमा यही नीति अनुसार सेवा दिँदै आएको छ। तर हाम्रोमा यो नीति अपनाइएको छैन। अब यो अवस्थामा दुईतर्फी सिधा उडानको समझदारी कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ' मन्त्रालयका एक अधिकारीले भने।

दुई मुलुकबीच सिधा उडान हुन सकेको अवस्थामा यहाँबाट शैक्षिक, व्यवसायिक र भ्रमणका लागि आउजाउ गर्ने वाह्य पर्यटक र नेपालीका लागि सहज हुने उनले जानकारी दिए। यो प्रकृया पुरापछि अमेरिकी र नेपाली वायुसेवा कम्पनीले सिधा उडान सुरु गरिसँगै प्रतिस्पर्धा बढ्ने र भाडादर सस्तिने उनले बताए।

नेपाल-अमेरिका दुईतर्फी सिधा हवाई सेवा सुरु गर्ने बारेमा दुई महिना अघिदेखि सुरु भएको हो। सो छलफलमा अमेरिकाका युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ।

हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइ लगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल-अमेरिका उडान सेवा दिँदै आएका छन्। जसमध्ये सिंगापुर एयरलाइन्सले सबैभन्दा बढी यात्रु अमेरिका लगिरहेको छ।

हाल नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ। कुल ४० मध्ये २० वटा गन्तव्यमा मात्र नियमित व्यवसायिक उडान हुँदै आएको छ।