र्‍याडिसन होटल सञ्चालन गर्ने ओरियन्टल होटलले अर्को वर्ष लाभांश वितरण गर्ने, सक्यो एजीएम

बिजमाण्डू
२०७९ असोज १३ गते १४:३२ | Sep 29, 2022
र्‍याडिसन होटल सञ्चालन गर्ने ओरियन्टल होटलले अर्को वर्ष लाभांश वितरण गर्ने, सक्यो एजीएम

काठमाडौं। ओरियन्टल होटल लिमिटेडले बिहीबार २५ औं साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले सभामा आउँदो वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्ने होटलकी कार्यकारी अध्यक्ष सुभद्रा श्रेष्ठले घोषणा गरिन्। 

Tata
GBIME
Nepal Life

कम्पनीले बिहीबार आयोजना गरेको वार्षिक साधारण सभामा लगातार तीन आर्थिक वर्ष लगानीकर्ताको हात खाली रहेपनि आगामी वर्ष भने सेयरधनीलाई लाभांश वितरण गरिने जानकारी गराइएको हो। 

'चालु वर्ष पर्यटन आगामन बढेकाले व्यवसायमा पनि उल्लेख्य वृद्धि भएको छ। पर्यटक आगमन बढ्दा होटलले राम्रो प्रगति गरी सेयरधीहरुलाई लाभांश वितरण गर्ने छ भन्ने विस्वास दिलाउन चाहान्छु,' होटलकी कार्यकारी अध्यक्ष श्रेष्ठले भनिन्।

साथै गत अर्थिक वर्षदेखि कोरोना महामारी दर न्यूनिकरण हुँदै गएकाले होटल व्यवसायमा पनि सुधार हुँदा आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनुका साथै नोक्सानीमा कमी आएको उनले बताइन्।

होटल व्यवसाय अत्यधिक उतारचढाव हुने व्यवसाय भएकाले कुनै प्राकृतिक घटना वा महामारीले यस व्यवसायमा निकै असर पर्ने गरेको उनले बताइन्।

कोरोना महामारीका कारण कम्पनीले आव २०७५/०७६ बाट लगानीकर्तालाई लाभांश वितरण गरेको छैन।