मेडिकेयर हस्पिटलले १० प्रतिशत सेयर सर्वसाधारणलाई दिने, १०% नगद र २० प्रतिशत बोनस सेयर दिँदै

बिजमाण्डू
२०७९ असोज १४ गते ०८:४१ | Sep 30, 2022

काठमाडौं। मेडिकेयर हस्पिटलले सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ९० प्रतिशत संस्थापकलाई राखेर १० प्रतिशत सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

साधारण सेयर बिक्री गर्ने एजेण्डा पारित गराउन कम्पनीले २५औं बार्षिक साधारणसभा डाकेको छ। असोज २२ गते हुने साधारणसभाले पारित गरेमा सेयर जारी गर्ने प्रकृया अगाडि बढ्ने छ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट लाभांश समेत बाँड्ने भएको छ। १०.५२ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ।

यसबाहेक २०.२२ प्रतिशतका दरले बोनस सेयर पनि दिने छ। साधारणसभाले सञ्चालक पनि छान्ने छ। ५ जना सञ्चालक चयन गर्ने एजेण्डा पनि लगिने भएको छ।