नारायणी किनारलाई ‘सी बीच’ मोडलमा रुपान्तरण गर्ने काम अघि बढ्यो, २० करोडको ठेक्का आह्‍वान

बिजमाण्डू
२०७९ असोज १४ गते ०९:३० | Sep 30, 2022
नारायणी किनारलाई ‘सी बीच’ मोडलमा रुपान्तरण गर्ने काम अघि बढ्यो, २० करोडको ठेक्का आह्‍वान

काठमाडौं। चितवनमा नारायणी नदीको किनारलाई 'सी बिच' (समुद्र किनार)को मोडलमा विकास गर्ने योजनाको काम अगाडि बढेको छ।

Tata
GBIME
Nepal Life

नारायणीपुलदेखिको बीच तटबन्ध र सौन्दर्यीकरणको डिजाइनमा निर्माणका काम गर्न नारायणी नदी व्यवस्थापन कार्यालयले शुक्रबार २० करोड लागतमा ठेक्का आह्वान गरेको छ। निर्माण जिम्मा पाउनेले डेढ वर्षमा काम सम्पन्न गरिसक्नुपर्ने सर्त छ।

भरतपुर महानगरपालिकाले गौरवको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको जनाएको छ। महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले प्रारम्भिक चरणको कामका लागि २०७७ मै टेण्डर आह्वान गरेको थियो।

उक्त प्रारम्भिक चरणको लागि डेढ बर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आह्वान गरिएको थियो। सोही बमोजिम २४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा निर्माण भइसकेको महानगरपालिकाले जनाएको छ।

यसैगरी केही वर्षअघि महानगरपालिकाले करिब १ करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ। नारायणी नदी किनारमा घुम्न जानेहरुको दैनिक घुँइचो लाग्ने गरेको छ। यो योजना उद्योग वाणिज्य संघ-चितवनको पहलमा निर्माण हुन लागेको हो।

साथै नारायणीको भरतपुर खण्डका सबै, नारायणगढदेखि गोलाघाटसम्मको ५ वटा प्याकेजमा २६ किमि सौन्दर्यकरणसहितको दिगो समाधानका लागि पनि सुनिश्चित भएको महानगरकी मेयर रेणु दाहालले बताइन।