सुन तोलामा २ सय रुपैयाँ बढ्यो, शुक्रबार प्रतितोला ९३ हजार, चाँदी ११ सय ७० मा स्थिर

बिजमाण्डू
२०७९ असोज १४ गते ११:०७ | Sep 30, 2022
सुन तोलामा २ सय रुपैयाँ बढ्यो, शुक्रबार प्रतितोला ९३ हजार, चाँदी ११ सय ७० मा स्थिर

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। बिहीबारको भन्दा तोलामा २ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य शुक्रबार स्थिर छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दा बिहीबार प्रतितोला ११ सय ७० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १६६४.१४ डलर छ भने चाँदी १८.९० डलर छ।