प्रत्येक वर्ष ७ हजारभन्दा बढी ट्याक्सी चालक कारबाहीमा, बढी भाडा लिने र मिटरमा जान नमान्ने धेरै

बिजमाण्डू
२०७९ असोज १८ गते १२:५३ | Oct 4, 2022

काठमाडौं।  प्रत्येक वर्ष काठमाडौं उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेको देखिएको हो। 

मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७ सय ३६ जना ट्याक्सी चालकलाई कारबाही गरिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा यो संख्या दोब्बरले बढेको थियो। त्यस समयमा यो संख्या १० हजार २ सय ९५ पुगेको थियो। त्यस्तै चालु आर्थिक वर्षमा ३ हजार १ सय २३ वटा ट्याक्सी चालक कारबाहीमा परिसकेका छन्।