हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा’ अरु भन्दा फरक डिजाइनमा सार्वजनिक, फुल चार्जमा १६५ किमिसम्म

बिजमाण्डू
२०७९ असोज २३ गते ०९:०३ | Oct 9, 2022

काठमाडौं। हिरो मोटरकर्पले नयाँ इलेक्ट्रिक स्कुटर 'भिडा' सार्वजनिक गरेको छ। कम्पनीले उक्त इलेक्ट्रिक स्कुटर 'भिडा' भारतमा सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

यसमा दुई वटा भेरियन्ट भिडा भी-१ प्ल्स र भिडा भी-१ प्रो रहेका छन्। कम्पनीले भिडा भी-१ प्ल्स स्कुटरको मूल्य भारु १ लाख ४५ हजार र भीडा भी-१ प्रोको १ लाख ५९ हजार भारुमा सार्वजनिक गरिएको छ।

यसमा ब्याट्री स्वापिङ टेक्नोलोजीको उपयोग गरिएको छ। यसको ब्याट्री सकिएपछि राइडर आफैंले यसलाई सजिलै बदल्न सक्छन्। कम्पनीले भिडामा मोड्युलर चार्जिङ सिस्टम रहेको जनाएको छ। यसलाई पोर्टेबल ब्याट्रीबाट जहाँ, जुनसुकै बेला पावर दिन सकिने छ।

हिरोले सन् २०२१ मा नै ताइवानको ब्याट्री सप्लायर कम्पनी गोगोरोसँग साझेदारी गरेको थियो। यो साझेदारी अन्तर्गत दुवै कम्पनीले भारतमा इलेक्ट्रिक टु ह्विलर निर्माण गर्ने र ब्याट्री स्वापिङ नेटवर्क स्थापना गर्ने काम गरिरहेका छन्।

यो स्कुटर कम्प्युटर बेस्ड मोडल हुने र लेटेस्ट टेक्नोलोजीले सुसज्जित रहेको कम्पनीले जनाएको छ। यस्तै भी-१ प्ल्समा भएको ३.४४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा १४३ किलोमिटर दुरी पार गर्न सकिन्छ भने भी-१ प्रोमा भएको ३.९४ किलोवाट क्षमताको ब्याट्रीले १६५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले दाबी गरेको छ।

स्कुटरमा फ्ल्याट साइड प्यानलहरू र फ्रन्ट एलईडी हेडल्याम्प छन्। यसले यसलाई केही फरक डिजाइन देखाएको छ। स्कुटरको अगाडिको भागमा टेलिस्कोपिक फोर्कसहितको ५-स्पोक एलोय ह्विलहरू पनि ग्रे फिनिस गरिएको छ।

यसको ठुलो ७ इन्चको टीएफटी टचस्क्रिन कन्सोल स्लीक एलईडी इन्डिकेटरहरूले भरिएको छ र स्विच गियर धेरै प्रिमियम देखिन्छ। स्कुटरको सीटमुनि स्वाइप गर्न मिल्ने ब्याट्री राखिएको छ। जसको पछाडि भण्डारण २६ लिटरको डिक्की उपलब्ध छ।