रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी : विनोद चौधरी, ‘चार्टर्ड अकाउण्टेन्ट बन्ने धोको पूरा भएन’

बिजमाण्डू
२०७९ असोज २८ गते १४:१७ | Oct 14, 2022

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

Tata
GBIME
Nepal Life

'युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको हुँ,' उनले भने।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे।

उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए।

विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा कांग्रेसबाट उम्मेदवार छन्।