मौद्रिक नीतिका कारण अर्थतन्त्रमा संकट आएको शेखर गोल्छाको टिप्पणी, ‘बैंकले संकटमा फाइदा उठाए’

बिजमाण्डू
२०७९ असोज २८ गते १६:५८ | Oct 14, 2022

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) ले समस्या आएको बताएका छन्।

Tata
GBIME
Nepal Life

गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत  बैंकले अवसरको रुपमा लिएको दाबी गरे।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाए।

अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए।

नेपालको उद्योग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको समेत उल्लेख गरे। गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई (प्रत्यक्ष बैदेशिक लगानी) बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा ब्यक्त गरे। 

उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताए। गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए।

गोल्यानले जडिबुटी,जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने बताए।