संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारबाट कानुन मन्त्रालयको पनि कार्यभार सम्हाले

बिजमाण्डू
२०७९ असोज २८ गते १८:०८ | Oct 14, 2022
संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारबाट कानुन मन्त्रालयको पनि कार्यभार सम्हाले

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन्।

Tata
GBIME
Nepal Life

कानुनमन्त्री गोबिन्द बन्दी कोइरालाको पदावधी सकिएपछि संचार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्। शुक्रबार मन्त्री कार्कीले पदभार ग्रहण गरेका हुन्। मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, 'कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो। संसद्मा पेस भएका र पेस हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेस गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु।'

कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए। मंसिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ।