तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाख रुपैयाँसम्म नि:शुल्क

बिजमाण्डू
२०७९ कात्तिक ६ गते १२:३२ | Oct 23, 2022
तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाख रुपैयाँसम्म नि:शुल्क

काठमाडौं। तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्सफरमा कुनै पनि मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। 

Tata
GBIME
Nepal Life

मोबाइल बैंकिङलाई थप प्रवर्द्धन गर्नका लागि यो अफर ल्याइएको हो। यो अफर कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागु हुनेछ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न प्रोत्साहनका लागि एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा यो अफर लागू गरिएको हो।  

फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस छनोट गर्नुपर्ने हुन्छ। 

कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध छ। यो माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन। 

हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रतिदिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ।