कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

बिजमाण्डू
२०७९ कात्तिक १२ गते ११:२३ | Oct 29, 2022
कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो।

५२ पृष्ठको चुनावी संकल्पपत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा  छ। संघीय संसद र प्रदेशसभाबाट बनाउन बाँकी कानुन छिटै बनाउने प्रतिबद्धता कांग्रेसले गरेको छ।  

संकल्पपत्र यसअघि नै सार्वजनिक गर्ने भनिए पनि पटक-पटक स्थगित हुँदै आएको थियो।