दरबारमार्गमा नाङलोले ७ वर्षपछि द चाइनिज रूम रेस्टुरेन्ट पुन: ल्यायो सञ्चालनमा

बिजमाण्डू
२०७९ कात्तिक २० गते १३:५१ | Nov 6, 2022
दरबारमार्गमा नाङलोले ७ वर्षपछि द चाइनिज रूम रेस्टुरेन्ट पुन: ल्यायो सञ्चालनमा

काठमाडौं। सात वर्षको अन्तरालपछि नाङलो- द चाइनिज रूम रेस्टुरेन्ट आइतबारदेखि पुन: सञ्चालनमा आएको छ। दरबारमार्गमा रहेको मोती मलको पहिलो तल्लामा रेस्टुरेन्ट सञ्चालनमा आएको हो। 

Tata
GBIME
Nepal Life

५४ जनाका लागि आरामदायी बसाईसहित साथै फूल स्केल बारसहित रेस्टुरेन्ट पुनः सञ्चालनमा ल्याइएको नाङलोले जनाएको छ। सन् १९७८ देखि दरबारमार्गस्थित त्रिभुवन सालिक अगाडिको रेस्टुरेन्ट लीज अवधि सकिएर नवीकरण नभएपछि सन् २०१४ मा बन्द भएको थियो। 

पुनः सञ्चालनमा आउँदा नयाँ मेनुमा सिचुआन कुजिनका नयाँ स्वादहरूका साथै सुरुवातदेखि नै पस्कदै आएका इन्डो-चाइनिज कुजिनका समावेश छन्। चाइनिज रुम कक्षपति दाजुभाई श्याम र गोपाल सुन्दरलालले सन् १९७३ मा सुरु गरेका हुन्। यो नाङलो रेस्टुरेन्टको स्वामित्वमा छ। 

नाङलो कम्पनीका अध्यक्ष गोपाल भन्छन्, ‘चाइनिज रुमले करिब आधा शताब्दीदेखि सबैलाई सुपथ मूल्यमा स्वादिष्ट इन्डो-चाइनिज  खाना उपलब्ध गराउँदै आएको छ। यी वर्षहरूमा हाम्रा ग्राहकहरूलाई सेवा गर्न सक्षम हुनु हाम्रो लागि विशेषाधिकार हो। असिम खुशीका साथ, हामी हाम्रो रेस्टुरेन्ट पुन: खुलेको घोषणा गर्दछौं।'

आइतबार ‌‌‌‍‍‍‍‍‍औपचारिक रुपमा सुरुवात भए पनि केही दिन अघिदेखि नै‌ रेस्टुरेन्टको सफ्ट लन्च भएको गोपाल बताउँछन्। ‘द चाइनिज रूम पुन: सञ्चालनमा आएको थाहा पाएर पुराना ग्राहकहरु आइरहनु भएको छ,' उनले भने, 'खानाको स्वाद पहिलोको जस्तै रहेको प्रतिक्रिया पाउँदा हामी निकै उत्साहित छौं।’

रेस्टुरेन्ट हप्ताको सातै दिन, ११ देखि बेलुकी १० बजेसम्म खुला रहने जनाइएको छ।