चीनमा विद्रोह हुँदा संकटमा एप्पल, माग अनुसार आपूर्ति छैन, धेरै एप्पल स्टोरमा छैन आइफोन-१४ प्रो

बिजमाण्डू
२०७९ मंसिर १२ गते १६:२४ | Nov 28, 2022
चीनमा विद्रोह हुँदा संकटमा एप्पल, माग अनुसार आपूर्ति छैन, धेरै एप्पल स्टोरमा छैन आइफोन-१४ प्रो

एप्पलको नयाँ हाई-एन्ड फोनहरू खोजिरहेका धेरै उपभोक्ता ब्ल्याक फ्राइडे सेलबाट खाली हात नै फर्किएका छन्। 

Tata
GBIME
Nepal Life

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन कारखानामा कामदारहरूको विद्रोहले एप्पलको आपूर्तिलाई थप लथालिङ बनाएको छ। यसै बीच आइफोन उत्पादनसँग संघर्ष गरिरहेको एप्पलले ब्ल्याक फ्राइडेमा पनि माग धान्न सकेन।

ब्ल्याक फ्राइडेबाट नयाँ आइफोनविना नै फर्किएका मध्ये सेलि ग्यानन र उनको छोरा माइकल पनि थिए। उनीहरु बेथेस्डामा एप्पल स्टोरमा गएका थिए, जहाँ उनीहरूले स्टकमा कुनै आइफोन प्रो फेला पारेनन्।

त्यसैगरी, आइफोन-१४ प्रो खरिद गर्न आएकी अबिशा लुइटेलले रित्तै फर्किनुपर्‍यो। उनले यसको सट्टा पुरानो भर्सन कै आइफोन -१२ किनिन्।

‘ब्ल्याक फ्राइडेमा धेरै खुद्रा विक्रेताहरू, एप्पल स्टोरहरू र अनलाइन च्यानलहरूमा आइफोनको अभाव बढ्दै गइरहेको छ,’ वेडबश विश्लेषक डेन इभ्सले एक नोटमा लेखेका थिए।

उनी थप्छन्, ‘डिसेम्बरमा धेरै एप्पल स्टोरहरूमा अब आइफोन-१४ प्रो को मोडेल वा रंग वा स्टकका आधारमा २५ देखि ३० प्रतिशतसम्मको कमी हुने अनुमान गरिएको छ।’ 

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन सप्लायर फक्सकनले प्लान्टमा कामदारको विद्रोहले आइफोन उत्पादनमा थप असर पर्न सक्ने बताएसँगै एप्पलको सेयरमा २ प्रतिशतको  गिरावट आएको छ।

आइफोन अभावको बारेमा हालै केही प्रतिक्रिया नदिए पनि नोभेम्बर ७ मा एक विज्ञप्तिमार्फत एप्पलले अनुमान गरिएको भन्दा कम आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्स सिपमेन्टको अपेक्षा गरेको छ।

चीनमा रहेको फक्सकनको प्लान्ट अर्थात संसारको सबैभन्दा ठूलो एप्पल आइफोन कारखाना कडा कोभिड-१९ प्रतिबन्धका कारण कामदारले विद्रोह गरेका छन्।

बेथेस्डा, मेरिल्याण्ड मलमा रहेको एप्पल स्टोरमा एक कर्मचारीले स्टकमा लगभग-१४ प्रो र प्रो म्याक्स नभएको बताए। त्यस्तै, उत्तरी क्यारोलिनाको रलेगमा रहेको स्टोरमा आइफोन-१४ कम स्टकमा रहेको बताए। 

यूएस इलेक्ट्रोनिक्स चेन बेस्ट बाइले यस हप्ताको सुरुमा नै आफ्ना स्टोरहरूमा नजिँकिदै गरेको छुट्टीको समयमा हाई-एन्ड आइफोनहरूको अभाव हुने जानकारी दिएको थियो।

वेडबशका इभ्सले मुख्यतया आपूर्ति चुनौतिहरूको कारणले ब्ल्याक फ्राइडे सप्ताहन्तमा लगभग ८० लाख आइफोनहरू बिक्री हुने अपेक्षा गरेका छन्। जुन एक वर्ष पहिलेको भन्दा एक करोडभन्दा कम हो।

अनलाइनबाट आइफोन खरिद गर्दा पनि  एप्पलको वेबसाइटमा वेटिङ पिरियड ४० दिन सम्म छ। (रोयटर्सबाट)