चीनको आन्दोलनले अमेरिकी कम्पनी एप्पल संकटमा, ६० लाख आइफोन-१४ उत्पादन घट्यो

बिजमाण्डू
२०७९ मंसिर १४ गते १५:०३ | Nov 30, 2022

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन सप्लायर फक्सकन प्लान्टमा कामदारको विद्रोहका कारण एप्पलले आफ्नो फ्ल्यागशिप आईफोन -१४ प्रो मोडलको उत्पादन लक्ष्यभन्दा करिब ६० लाख युनिट कम उत्पादन हुन सक्ने देखिएको छ। 

Tata
GBIME
Nepal Life

जेन्जाउमास्थित  फक्सकन प्लान्टमा कामदारहरूलाई बन्द बबलमा साइटमा बस्न बाध्य पारिएको छ। सहरमा कोभिड नियन्त्रण गर्न कामदारलाई होस्टल कोठाहरुमा जान मात्रै दिइएको छ। 

ब्लूमबर्गलका अनुसार ठ्याक्कै कतिको सर्टफल हुनेछ भन्ने अझै अस्पष्ट भएको छैन। 

 एप्पलले यो वर्ष आईफोन-१४ सिरिजका फोन ९० लाख युनिट उत्पादन गर्ने  प्रारम्भिक लक्ष्य लिएको थियो। 

फक्सकन प्लान्टमा कोभिडका कारण नोभेम्वरको सुरुवातमा नै एप्पलले आईफोन-१४ को लागि उत्पादन लक्ष्य ३० लाख यूनिटले घटाएको थियो। त्यो संख्या हाल दोब्बरले बढाएको छ।

उत्पादनमा कमी आएपनि आईफोन-१४ प्रो र प्रो म्याक्सको अमेरिकामा उच्च माग छ भने तुलानात्मक हिसाबले सस्तो आईफोन-१४ र १४ प्लसको बिक्री सुस्त छ।

कम्पनीले भारत र भियतनाममा आफ्ना केही डिभाइसहरू बनाएर आफ्नो उत्पादन लाइनलाई विविधीकरण गरेको छ। तर एप्पलका लगभग सबै आईफोन-१४ प्रो मोडलहरू फक्सकन प्लान्टमा उत्पादन हुँदै आएको छ।

ब्लूमबर्गको सो रिपोर्टपछि सोमबार बिहान प्रि-मार्केट ट्रेडिङमा एप्पलको सेयर १.८७ प्रतिशतले घटेको थियो।