सुनको मूल्यमा फेरि बढोत्तरी, साताको अन्तिम दिन पुग्यो प्रतितोला ९९ हजार एक सय रुपैयाँ

बिजमाण्डू
२०७९ मंसिर १६ गते ११:३८ | Dec 2, 2022
सुनको मूल्यमा फेरि बढोत्तरी, साताको अन्तिम दिन पुग्यो प्रतितोला ९९ हजार एक सय रुपैयाँ

काठमाडौं। विवाहको सिजनमा उल्लेख्य कारोबार भइरहँदा सुनको मूल्य क्रमिक बढ्दै तोलाको एक लाख नजिक पुगेको छ। साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो। चाँदी पनि बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

तोलामा ५ सय बढ्दा बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य एक सातामा तोलामा १३ सय रुपैयाँ बढेको छ। साताको प्रारम्भमा तोलाको ९७ हजार ८ सय थियो।

चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। शुक्रवारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ। बिहीबार ४० रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १७७९.७९ डलरमा कारोबार भएको सुन शुक्रबार १७९६.८४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २२.३२ डलरबाट बढेर शुक्रबार २२.६७ डलरमा कारोबार भइरहेको छ।