विद्यालय व्यवस्थापन सफ्टवेयर ‘वेद’ उद्यमशीलता विश्वकप-२०२२ को राष्ट्रिय विजेता

बिजमाण्डू
२०७९ मंसिर १६ गते १२:५४ | Dec 2, 2022

काठमाडौं। स्कुल म्यानेजमेन्ट सफ्टवेयर 'वेद'ले उद्यमशीलता विश्व कप-नेपालको उपाधि हात पारेको छ। उक्त नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आयोजना गरेको स्टार्टअप पिचिङ प्रतियोगितामा पुरस्कृत भएको हो।

Tata
GBIME
Nepal Life

मञ्चले गत सोमबार टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ भवनमा उद्यमशीलता विश्वकपको राष्ट्रिय प्रतियोगिता गरेको थियो।  कार्यक्रममा धेरैवटा नवप्रवर्तन व्यवसाय सय्चालक सहभागी थिए। त्यसमा वेदको आइडिया उत्कृष्ट भएको हो। 

सहभागी हुन आइडिया स्टेजदेखि ग्रोथ स्टेजसम्मका विविध नवीनतम सोचहरु भएका युवा उद्यमीहरू तथा स्टार्टअपहरुसँग मञ्चले आह्‍वान गरेको थियो। विभिन्न सेसनहरु पार गर्दै अर्गानिक अनलाइन, एसके ब्रेड्स, डीआर एप, वेद, जेरोन इन्टरटेक, एभाकादो टेक्नोलोजी र ग्रहिनी फुड्स उद्योग गरी उत्कृष्ट सात स्टार्टअप कम्पनीलाई फाइनलिस्ट छनोट गरिएको थियो। 

उद्यमशीलता विश्वकप २०२२ को राष्ट्रिय फाइनलमा भने यी सात स्टार्टअप मध्ये  वेदले उपाधि जित्न सफल भएको हो। सन् २०२३ को मार्चमा कतारमा हुने उद्यमशीलता विश्वकपको अन्तर्राष्ट्रिय मञ्चमा वेदले नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएका छन्।

वेद नेपालको एड-टेक बजारमा एक अग्रणी ब्रान्ड भएको छ। वेदले शिक्षा प्रणालीलाई डिजिटलाइज्ड, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउनमा केन्द्रित हुदै उदीयमान राष्ट्रहरूमा सम्पूर्ण शैक्षिक परिदृश्य परिवर्तन गर्न खोजिरहेको जनाइएको छ।