राष्ट्र बैंकको प्रक्षेपण: एक वर्षमा मूल्यवृद्धि दर १२ प्रतिशत पुग्ने, तीन महिनामै १० प्रतिशत

बिजमाण्डू
२०७९ मंसिर १६ गते १६:१२ | Dec 2, 2022
राष्ट्र बैंकको प्रक्षेपण: एक वर्षमा मूल्यवृद्धि दर १२ प्रतिशत पुग्ने, तीन महिनामै १० प्रतिशत


काठमाडौं। नेपाल राष्ट्र बैंकले तीन महिनापछि मुद्रास्फिति दर १० प्रतिशत पुग्ने प्रतिवेदन सार्वजनिक गरेको छ। २०४० जना व्यक्तिहरुमा आधारित प्रतिवेदनका अनुसार तीन महिनापछि अपेक्षित मुद्रास्फिति दर १० प्रतिशत पुग्नेछ।

Tata
GBIME
Nepal Life

एक वर्षपछि अपेक्षित मुद्रास्फिति दर १२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्।

तीन महिना पछिको मध्य  र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ। असारमा तीन महिना पछिको र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति दर १४ प्रतिशत थियो।

असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो।

यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ।