नेपालमा माइक्रोसफ्टको फाउन्डर्स हब सुरु, नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्याउन सघाउने

बिजमाण्डू
२०७९ मंसिर १८ गते १५:१४ | Dec 4, 2022

काठमाडौं। माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ। आइसिटी अवार्डसँगको सहकार्यमा माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो।

Tata
GBIME
Nepal Life

राजधानीमा आयोजित विशेष कार्यक्रममा दुई सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजक बताउँछन्। विश्वका दुईसय भन्दा बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रोसफ्टले जनाएको छ।

उक्त कार्यक्रममा  माइक्रोसफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्याउने फाउन्डर्स हबले सहयोग गर्ने बताए। स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरेका छन्।

त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जेक्युटिभ सुवास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए।

कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आवद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए। 

त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए ।

कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आईडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा पनि शेयर गरेका छन् ।

स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ, सिमाबिहीन र महत्वाकांक्षी परियोजना हो। यसले स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्नेछ ।

फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिङ्कडिन क्रेडिट लगायतको सुविधा पाइने छ।

यसका साथै फाउन्डर्स हबमा आवद्ध भएका आईडियाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव समेत पाउने मानन्धरले जानकारी दिएका छन्। फाउन्डर्स हब कार्यक्रममा आवद्ध हुन सफ्टवेयरमा आधारित प्रोडक्ट तथा सेवा हुनुपर्ने, निजी हुनुपर्ने र तथा नाफामूलक व्यवसाय हुनुपर्नेछ।

शैक्षिक संस्था, सरकारी इन्टिटी, व्यक्तिगत ब्लग, डेभसप, कन्सल्टेन्सी, एजेन्सी, बिटक्वाइन वा क्रिप्टो माइनिङ कम्पनी यस कार्यक्रममा सहभागी हुन पाउने छैनन्। यसअघि माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा आवद्ध नभएका स्टार्टअप सहभागी हुन सक्ने बताइएको छ।