सानिमा बैंकको सेयर मूल्य समायोजन, २४७.१८ रुपैयाँमा सोमबार कारोबार खुल्ने

बिजमाण्डू
२०७९ मंसिर १८ गते १६:३९ | Dec 4, 2022
सानिमा बैंकको सेयर मूल्य समायोजन, २४७.१८ रुपैयाँमा सोमबार कारोबार खुल्ने

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सानिमा बैंकको सेयर मूल्य समायोजन गरेको छ। समायोजन पछि बैंकको सेयर २४७.१८ रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

सोहि मूल्यमा भोली बैंकको सेयर कारोबार खुल्नेछ। नेप्सेले १० प्रतिशत बोनस सेयरका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो। बोनस सहित ०.९८ प्रतिशत नगद पनि दिने प्रस्ताव गरेको छ।

बैंकले लाभांश र साधारण सभा प्रयोजनाका लागि भोली बुक क्लोज गर्दैछ। जस अनुसार आजसम्म कायम सेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन्। साधारण सभा पुस ३ गते बस्दैछ।

आइतबारको अन्तिम कारोबार मूल्य २७१.९० रुपैयाँलाई नेप्सेले प्रस्तावित बोनस सेयरका आधारमा समायोजन गरेको हो।