उत्पादक कम्पनीले मूल्य बढाएकाले नेपालमा पनि सिप्रदी विद्युतीय गाडीको मूल्य बढाउने दबाबमा

बिजमाण्डू
२०७९ मंसिर १९ गते ११:४१ | Dec 5, 2022
उत्पादक कम्पनीले मूल्य बढाएकाले नेपालमा पनि सिप्रदी विद्युतीय गाडीको मूल्य बढाउने दबाबमा


काठमाडौं। टाटाको विद्युतीय गाडीको मूल्य आगामी वर्षदेखि नेपालमा पनि बढ्ने देखिएको छ। टाटा मोटर्सले भारतमा आफ्ना प्यासेन्जर गाडीको मूल्य बढाएको एक महिना भएको छ।

Tata
GBIME
Nepal Life

त्यसैले नेपालमा अब आयात हुने टाटाको गाडीको मूल्य बढ्ने भएको हो। उत्पादक कम्पनीले मूल्य बढाएपछि आधरिकारिक बिक्रेताले पनि मूल्य बढाउनु स्वभाविक हो। उत्पादक कम्पनीले बिक्रताहरुलाई आफुले मूल्य बढाएपछि त्यही अनुपातमा मूल्य बढाएर गाडी बिक्री गर्न दबाब दिने गर्छन्।

त्यही अनुपातमा टाटा गाडीको बिक्रेता सिप्रदीले पनि मूल्य बढाउनै पर्ने बाध्यतामा रहेको जनाएको छ। उत्पादक कम्पनीले नोभेम्बर ७ मा ‘प्यासेन्जर भेइकल’को मूल्य ०.९० प्रतिशतले बढाएको थियो।

त्यही अनुसार सिप्रदीले नेपालमा जनवरीदेखि विद्युतीय गाडीको मूल्य बढाउने तयारी गरेको हो। हाल नेपालमा उपलब्ध टाटा नेक्सन इभीको मूल्य भेरियन्ट अनुसार ३८ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।

यस्तै टिगोर इभीको मूल्य भेरियन्ट अनुसार २९ लाख २९ हजारदेखि ३३ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ।

जनवरीदेखि भने यी गाडीहरुको मूल्य सामान्य रुपमा वृद्धि हुनेछन्। कम्पनीका अनुसार हालसम्म कति मूल्य बढ्छ भनेर तोकिएको छैन।

उत्पादक कम्पनीले नै विश्व बजारमा भएको चिप अभाव र स्पेयर पार्ट्स महँगिएको भन्दै यो वर्ष मात्र ४ पटक मूल्य बढाएको छ। यसअघि पनि तीन पटकसम्म टाटाले आफ्ना गाडीहरुको मूल्य बढाएको थियो।

टाटाले यसअघि गत जुलाईमा आफ्ना गाडीहरुको मूल्य बढाएको थियो। त्यतिबेला ०.५५ प्रतिशतले आफ्ना गाडीहरुको मूल्य बढाएको थियो। त्यस्तै, गत अप्रिलमा १.१ प्रतिशत र त्यसअघि यो वर्षको सुरुवातमा जनवरीमा ०.९ प्रतिशत मूल्य बढाइएको थियो।