सजिलो सेवाको सेवा उपत्यकासँगै अब पोखरामा पनि, घरायसी मर्मतका कामलाई बोलाउनुस् एपबाटै

बिजमाण्डू
२०७९ मंसिर १९ गते १२:४४ | Dec 5, 2022
सजिलो सेवाको सेवा उपत्यकासँगै अब पोखरामा पनि, घरायसी मर्मतका कामलाई बोलाउनुस् एपबाटै

काठमाडौं। एपमा अर्डर वा फोन गरेर घरायसी मर्मतका कामको सेवा लिन पाइने डिजिटल सर्भिस मार्केटप्लेस सजिलो सेवाले पोखरा पनि पुगेको छ। २०१७ देखि सञ्चालनमा आएको कम्पनीले काठमाडौं उपत्यकाबाहिर बल्ल सेवा विस्तार गरेको हो।

Tata
GBIME
Nepal Life

उपत्यकाबाट दक्ष जनशक्तिको सञ्जाल बनाएर सेवा विस्तारको क्रम अघि बढाइएको कम्पनीले जनाएको छ। पोखराका बासिन्दाले सजिलो सेवाको मोबाइल एप प्रयोग गरेर खानेपानी, बिजुली मर्मत, सलुन आदिका लागि आवश्यक घरायसी सेवा लिन सक्ने सेल्स तथा मार्केटिङ प्रमुख कविशभक्त श्रेष्ठले बताए।

आफूलाई चाहिएको कामका लागि एपमा अर्डर गरे घरमै आएर प्राविधिकले सेवा दिन्छन्। उनका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा बढीलाई रोजगारीमा जोड्ने लक्ष्य लिएको छ। त्यसै अनुरुप क्षेत्र विस्तार योजना अघि बढाइएको हो। हालसम्म कम्पनीले २ सय ५० भन्दा जनशक्तिमार्फत ५० भन्दा धेरै सेवा दिँदै आएको छ।

पर्यटकीय सहर पोखरामा मध्यमवर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ। पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पनि गुणस्तरीय सेवा जरुरी छ। 'त्यहाँका घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने भएकाले क्षेत्र विस्तार गरेका हौं,' श्रेष्ठले भने।

सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ l सेवा प्रदायकहरु सजिलो सेवासंग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए l 

उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक रु. २०,००० देखि १५०,००० सम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ l

सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत  अर्डर गर्दा सजिलो एप प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त गर्नेछन l पोखरा पछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी गरेको छ l

कम्पनीले हालसम्म ५० हजारभन्दा बढी अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको