मितेरी डेभलपमेन्ट बैंकको लाभांश घट्यो, पोहोर १४% योपटक १३% प्रस्ताव, बोनस सेयर प्राथमिकतामा

बिजमाण्डू
२०७९ मंसिर १९ गते १३:५४ | Dec 5, 2022
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घट्यो, पोहोर १४% योपटक १३% प्रस्ताव, बोनस सेयर प्राथमिकतामा

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको लाभांश दर घटेको छ। पोहोर १४ प्रतिशत दिएको मितेरीले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिले १२.३५ प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको छ। बाँकी कर प्रयोजनलाई नगद हो। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ।

हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रुपैयाँ छ। बोनस वितरण पछि चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख रुपैयाँ नाघ्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।