नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान सुचारु, एकैपटक गर्‍यो उद्घाटन

बिजमाण्डू
२०७९ मंसिर २० गते १४:०६ | Dec 6, 2022
नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान सुचारु, एकैपटक गर्‍यो उद्घाटन

काठमाडौं। सिभिल बैंकले वार्षिकोत्सवको अवसर पारेर नेपालगञ्ज र जानकी गाउँपालिकामा 'गो क्यासलेस' अभियान सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

अभियानको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमतीदेवी कठरियाले यसले सो क्षेत्रका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न साक्षरता सिकाउने बताइन्। 

यस्तै, नेपालगञ्जको कार्यक्रम उद्घाटन गरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले डिजिटल भुक्तानी प्रणालीले अब ग्राहकहरुलाई सुविधा दिनुका साथै सुरक्षा प्रदान गर्ने बताए। 

नगदरहित अभियानले दुर्गमदेखि प्रमुख सहरहरुसम्म ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आबद्ध गरी सकेको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत, विभिन्न व्यवसाय, संघ संस्थाका अध्यक्ष र बैंकका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।