उद्योग परिसंघको अध्ययनले देखाउँछ मुलुक चरम मन्दीमा छ, जग्गाको माग ५२.८%ले घट्यो

बिजमाण्डू
२०७९ मंसिर २० गते १४:१० | Dec 6, 2022
उद्योग परिसंघको अध्ययनले देखाउँछ मुलुक चरम मन्दीमा छ, जग्गाको माग ५२.८%ले घट्यो


काठमाडौं। नेपाल उद्योग परिसंघले विभिन्न व्यवसायिक क्षेत्रमा गरेको अध्ययन अनुसार मुलुक चरम मन्दीमा रहेको देखिएको छ। परिसंघले गरेको अध्ययनले अर्थतन्त्र उकास्न ठूलै प्रयास आवश्यक रहेको देखाउँछ।

Tata
GBIME
Nepal Life

परिसंघले नमुना सर्वेक्षणबाट निकालेको अध्ययन प्रतिवेदनले कुन क्षेत्रमा कस्तो असर रहेको स्पस्ट देखाएको छ।

परिसंघले घरजग्गा, सिमेन्ट, एलपी ग्यास, अटोमोबाईल, कृषि, गार्मेन्ट, स्टिल, साना तथा घरेलु उद्योग, प्लास्टिक उद्योग, औषधि उद्योग, सुचना प्रविधि, जुत्ता चप्पल लगायत उद्योगको अध्ययन गरेको हो।  

परिसंघका अनुसार घरजग्गाको कारोबार ४० प्रतिशतले घटेको छ भने घरजग्गाको माग ५२.८ प्रतिशतले घटेको छ। नयाँ घरजग्गा खरीद गर्न बसेकाहरुको हिस्सा ४० प्रतिशत छ। यस्तै घर बनाउने सामाग्री आयात गर्न एलसी खोल्न ३४.३ प्रतिशतले घटेको छ। 

घरजग्गामा जाने ऋणको ब्याजदर १२.४ प्रतिशतले बढोत्तरी भएको छ। यस्तै घर तथा भवन बनाउन आवश्यक पर्ने कच्चा पदार्थको लागत ४७.६ प्रतिशतले बढेको छ। बजारमा मन्दी र तरलता अभावका कारण नयाँ लगानी रोकिएका छन्।

अध्ययनका अनुसार समग्र क्षेत्रमा गरी ६९.४४ नयाँ लगानी रोकिएको छ। यस्तै विदेशबाट सामाग्री ल्याउन खोलिने प्रतित पत्र (एलसी) खोल्न २२ प्रतिशतले घटेको छ। राष्ट्र बैंकले राखेको मार्जिन मापदण्ड र आयात प्रतिबन्धले गर्दा एलसी खोल्न रोकिएको हो। 

यसैगरी कम्पनीहरुको कारोबारमा २४.९४ प्रतिशतले घटेको छ। समग्र वस्तु सेवाको मागमा २८.२८ प्रतिशतले गिरावट आएको छ। यस्तै चालु पुँजी कर्जा ४७.२६ प्रतितशत कायम छ। चालु पुँजी ब्याजदर १३.६८ ले बढेको छ। व्यापारिक ऋणको ब्याजदर १३.६२ प्रतिशतले बढेको छ। कच्चा पदार्थको लागत २२.७७ प्रतिशतले बढेको छ। 

अध्ययन अनुसार कृषि क्षेत्रमा लगानी गर्न ठिक्क परेका ८५.७१ प्रतिशत व्यवसायीले लगानी रोकेका छन्। यस्तै कृषि जन्य वस्तु तथा सेवाको आयात ३१ प्रतिशतले घटेको छ। कृषि क्षेत्रका कम्पनीका कारोबार रकम ३१.५७ प्रतिशतले घटेको छ। कृषि क्षेत्रको मागमा ३०.७१ प्रतिशतले गिरावट आएको देखिएको छ। यसैगरी कृषि क्षेत्रका उद्योगमा ३६ प्रतिशतले लगानी बढेको छ। 

२ पाङग्रे तथा चार पाङग्रे सवारी व्यावसायमा मन्दी छाएको देखिएको छ। अटोमोबाइल क्षेत्रमा शतप्रतिशत नयाँ लगानी रोकिएको छ। यस्तै एलसी खोल्न ८९ प्रतिशतले कमी आएको छ। विगत ६ महिनादेखि सरकारले विदेशी संचिति कम भएको भन्दै प्यासेन्जर भेहिकल आयातमा प्रतिवन्ध लगाएको छ। 

सवारी कारोबारमा ७१.१ प्रतिशतले गिरावट आएको छ भने सयौं व्यक्तिले जागिरबाट निकालिएका छन्। सवारी बजारमा माग ७८.१ प्रतिशतले घटेको छ। सवारीको कच्चा पदार्थ लागत भने १.६ प्रतिशतले बढेको छ। 

सिमेन्ट 

सिमेन्ट उद्योगको नयाँ लगानी विस्तार ८३.३ प्रतिशतले रोकिएको छ। यस्तै एलसी खोल्न ३९.३ प्रतिशतले घटेको छ। सिमेन्ट कम्पनीको कारोबार ३९ प्रतिशतले घटेको छ। यस्तै सिमेन्टको बजार ४०.२ प्रतिशतले घटेको छ।

सिमेन्ट क्षेत्रमा ऋणको ब्याजदर १३.२ प्रतिशतले बढेको छ। सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थको लागत ३४.५ प्रतिशतले बढेको छ। 

स्टिल
अध्ययन अनुसार स्टिल उद्योगमा पनि मन्दी छाएको छ। यो क्षेत्रमा नयाँ लगानी विस्तार ८५.७ प्रतिशतले रोकिएको छ। यस्तै एलसी खोल्न ५०.७ प्रतिशतले कमी आएको छ। यस्तै कारोबार रकममा ५३ प्रतिशतले घटेको छ। यस्तै बजार माग ६१.१ प्रतिशतले घटेको छ। स्टिलजन्य सामाग्रीको कच्चा पदार्थको लागत १३.६ प्रतिशतले बढेको छ।  

अध्ययन अनुसार एलपी ग्यास, गार्मेन्ट, घरेलु तथा साना उद्योगमा पनि असर परेको छ।