मुक्तिनाथ विकास बैंकको ‘गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा’ अभियान सुरु

बिजमाण्डू
२०७९ मंसिर २० गते १७:३२ | Dec 6, 2022

काठमाडौं। मुक्तिनाथ विकास बैंकले गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा भन्ने अभियान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

'गाउँ गाउँ सहकारी, घरघर रोजगारी' लाई मुलमन्त्र बनाई बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आम जनसमुदायलाई समेटी उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सरु गरेको हो।

पहिलो चरणमा स्याङ्गजा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले जनाएको छ। हालै मात्र स्याङ्गजाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थाको नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरी स्थानिय स्तरमा सहकारी दर्ता प्रकृया अघि बढाएको छ।

बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित आम जनभेलामा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख, उप्रमुख, वडाअध्यक्ष, स्थानीय बुद्धिजिबि, समाजसेवी, कृषक, उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो।

प्रशिक्षणको सहजीकरण बैकका कर्मचारी सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी भुमीराज भण्डारीले गरेका थिए।

सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानिय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्नेछ।

सहकारीको माध्यमबाट उत्पादकदेखि उपभोक्तासम्मको मुल्य श्रृखला निर्धारण गर्ने काम हुनेछ।

सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ।

कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम, प्रशिक्षण, विउविजन, विषादी लगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ।

कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्तासम्म पुर्याउने कामको जिम्मा लिनेछ।