चामल बेच्ने मारुती फुड पार्कको व्यापार सवा अर्ब नाघ्यो, वर्ष दिनमै कारोबारमा ४५.२५% उछाल

बिजमाण्डू
२०७९ मंसिर २१ गते १४:४७ | Dec 7, 2022
चामल बेच्ने मारुती फुड पार्कको व्यापार सवा अर्ब नाघ्यो, वर्ष दिनमै कारोबारमा ४५.२५% उछाल


काठमाडौं। चामल बिक्री गर्ने मारुती फुड पार्क प्रालिले २०२१/२२ मा १ अर्ब १७ करोड ४० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२०/२१ को तुलनामा कारोबार रकम ४५.२५ प्रतिशतले बढी भएको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

नवलपरासीको रामग्राममा उत्पादन प्लान्ट रहेको कम्पनीसँग वार्षिक ३३ हजार ८४० टन चामल उत्पादन गर्ने क्षमता छ। कम्पनीले विभिन्न पाँच ब्राण्डमा चामल बिक्री गर्छ। तानिस्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एचटी ब्राण्डमा कम्पनीले चामल बिक्री गर्छ। 

कम्पनीले चामलको बिक्रीसँगै कनिकासहित अन्यको बिक्रीबाट आम्दानी गर्दै आएको छ। २०२०/२१ मा कम्पनीले ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। 

कम्पनीको अध्यक्ष धीरजकुमार अग्रवाल हुन्। उनी टेन स्टिल्स प्रालि र टेन प्लास्ट प्रालिको निर्देशकसमेत हुन्। 

कम्पनीले ७५ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई २२ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी र ५२ करोड ९६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ दिएको छ।