‘एक युनिट पनि विद्युत खेर फाल्नु हुँदैन,’कुलमान भन्छन्,’गाउँ गाउँमा विद्युतीकरणको काम हुँदैछ’

बिजमाण्डू
२०७९ मंसिर २२ गते १७:०९ | Dec 8, 2022
‘एक युनिट पनि विद्युत खेर फाल्नु हुँदैन,’कुलमान भन्छन्,’गाउँ गाउँमा विद्युतीकरणको काम हुँदैछ’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक युनिट पनि विद्युत खेर फाल्न नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले विद्युत प्राधिकरण र सरकार मिलेर पूर्वाधार विकासका लागि धमाधम काम गरिरहेको बताए।

'प्रसारण, वितरण र सबस्टेसन लगायतका पूर्वाधार विकास नगरी हामी धेरै खपतको कुरा गर्न सक्दैनौं,' उनले भने, 'पूर्वाधार निर्माणमा ठूलो लगानी भइरहको छ।आगामी दिनमा निरन्तर, गुणस्तरीय, चाहिएको जति सप्लाइ गर्ने गरि पूर्वाधार निर्माणको चरणमा छौं।'

उनले शतप्रतिशत विद्युतीकरणको गर्ने सरकारको योजनामा काम गरिरहेको बताए। गाउँगाउँमा विद्युतीकरणको काम भइरहेको उनको भनाइ छ। जसले विद्युतको खपत बढाउन योगदान पुर्‍याउने अपेक्षा छ।

'विद्युतीय सवारीसाधनको प्रमोसन भइरहेको छ। चार्जिङ स्टेसनहरु निर्माण बढिरहेको छ। इन्डक्सन कुकिङको कुरा गरिरहेका छौं,' उनले भने,'अबको केही वर्षपछि आयातामा निर्भर हुनुपुर्ने अवस्था छैन। धेरै प्रोजेक्टहरु आइरहेका छन्।'

उनका अनुसार बर्खायाममा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ। 'निर्यात गर्नु सफलता होइन। खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा राम्रो हो भनेर गरेका हौं,'उनले भने।