चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने, साधारण सभाका लागि तोक्यो मिति, पुस ३ गते बुक क्लोज

बिजमाण्डू
२०७९ मंसिर २३ गते १०:४१ | Dec 9, 2022
चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने, साधारण सभाका लागि तोक्यो मिति, पुस ३ गते बुक क्लोज


काठमाडौं।  चिलिमे जलविद्युत कम्पनीले आगामी पुस २२ गते साधारण सभा डाकेको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेपछि आरम्भ हुनेछ।

Tata
GBIME
Nepal Life

सभामा कम्पनीको लाभांश बारे विशेष प्रस्ताव लगिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमध्ये आधा बोनस सेयर र आधा नगद हो।

सभाले कम्पनीको लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन्। लाभांश बाहेक सधैंका सामान्य प्रस्तावमा सभाले छलफल गर्दैछ। वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका प्रस्ताव सभाले प्रारित गर्नेछ।

लाभांश र सधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार पुस २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।