सन् २०२२ मा विश्व सेयर बजारबाट अर्बौं डलर गुम्यो, लगानीकर्ताका लागि अशान्त वर्ष

बिजमाण्डू
२०७९ पुष ७ गते १६:५० | Dec 22, 2022

काठमाडौं। विश्व अर्थतन्त्रमा सन् २०२२को सुरुवात सकारात्मक नै देखिएको थियो। सन् २०२२ अन्त्य हुन केही दिन मात्रै बाँकी रहँदा विश्व अर्थतन्त्र निकै जटिल अवस्थामा पुगेको छ।

Tata
GBIME
Nepal Life

सन् २०२२ को सुरुवातमा कोरोना महामारीको लहरहरु केही सेलाएको पनि थियो। कोरोनाले शिथिल बनाएको विश्व अर्थतन्त्र सुधारोन्मुख  थियो। तर रूस-युक्रेन युद्ध चुलिएसँगै विश्वबजार पुन: जटिल आर्थिक संकटतर्फ धकेलियो। हाल विश्व सेयर बजारबाट अर्बौ डलरभन्दा बढीका स्टक हराएका छन्। क्रेडिट मार्केटको पनि अवस्था नाजुक छ। केही क्रिप्टो साम्राज्यहरूको पतन भएको छ। विश्व अर्थबजार बढ्दो मुद्रास्फीतिको दबाबमा छ। यी सबै कारणले सन् २०२२ लगानीकर्ताहरूका लागि सबैभन्दा अशान्तिपूर्ण वर्ष साबित भयो। 

ग्लोबल इक्विटीहरू १४ ट्रिलियन डलरले तल झरेका छन्। यो सँगै यो वर्ष आर्थिक हिसाब रेकर्डमा दोस्रो सबैभन्दा खराब वर्ष हुने भएको छ। त्यसअघि सन् २००८/२००९ को मन्दीको समयमा ग्लोबल इक्विटीहरु यति धेरै तल झरेका थिए। 

यसै वर्ष बढ्दो मुद्रास्फीति र कमोडिटीको मूल्यवृद्धिलाई नियन्त्रण गर्न विश्वका सबैजसो केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन्। फेडले ०.७५ प्रतिशत विन्दुले ब्याजदर बढाइसकेको छ। समग्र माग सन्तुलन गर्नलाई बैंकहरुले ब्याजदर बढाएका हुन्।

यस संकटको मुख्य कारक भनेको रूस-युक्रेनबीच चलिरहेको युद्धका साथै कोरोना महामारीबाट भर्खरै बाहिर निस्कन खोजेको विश्वव्यापी अर्थतन्त्रमा छाएको बढ्दो मुद्रास्फीति हुन्। चीन भने अझै पनि कोराना महामारीको चपेटाबाट निस्कन सकेको छैन।

विश्वव्यापी क्रेडिट बजारको बेन्चमार्क मानिएको युएस ट्रेजरी र जर्मन बन्डहरूले डलरको अनुसार क्रमशः १६ प्रतिशत र २४ प्रतिशत गुमाएका छन्।

बजारमा 'बन्ड किङ' को उपमा पाएका डबललाइन क्यापिटलका जेफरी गुन्डलाचका अनुसार अवस्था यति खराब भएको थियो कि उनको टोलीले कैयन् दिनसम्म पनि किनबेच गर्न पाएका थिएनन्।  उनले भने, ‘बजारमा सोचे जतिको माग छैन। किनभने मूल्यहरू निरन्तर ओरालो लागिरहेको छ।’

यसैबीच, विश्वको नै सबैभन्दा प्रभावशाली केन्द्रीय बैंक, युएस फेडरल रिजर्भ ब्याजदर बढाउने विषयमा गम्भीर देखिएसँगै कोभिडले विश्वव्यापी अर्थतन्त्रलाई फेरि बन्द गर्ने छैन भन्ने कुरा स्पष्ट भयो।

१० वर्षको ट्रेजरी उपज १.५ प्रतिशतभन्दा कमबाट १.८ प्रतिशतमा उक्लियो। हाल त्यो उपज अब ३.६८ प्रतिशतमा छ भने स्टकहरू २० प्रतिशत तल छन्, जबकि तेलको मूल्य ८० प्रतिशतले बढेको छ। गतवर्ष बेसिस पोइन्ट्स बढ्ने सम्भावना छैन भने पनि फेडले ४०० बेसिस पोइन्ट्स वृद्धि गरेको छ भने युरोपेली केन्द्रीय बैंकले रेकर्ड २५० बेसिस पोइन्ट्स वृद्धि गरेको छ।

त्यस्तै, यस हप्ता डलरले जापानी येनलाई केही लिफ्ट दियो। उदीयमान बजारहरूमा, टर्कीको मुद्रास्फीति र मौद्रिक नीति समस्याहरूले टर्किस मुद्रा लिराको भाउ २८ प्रतिशतले अवमूल्यन भएको छ। तर, टर्कीको स्टक बजार विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको छ।

यस बाहेक, कडा दबाबमा रहेको इजिप्टले आफ्नो मुद्रा ३६ प्रतिशतभन्दा बढी अवमूल्यन गर्‍यो। घानाको सेडी ६० प्रतिशतले क्रयास भयो। जुनमा उच्च स्तरमा रहेको रूसको रुबल, जुन महिनापछि निरन्तर ओरालो लागेता पनि  रूसको रुबल अझै पनि विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा हो। यो मुद्रा रुस-युक्रेन युद्धको सुरुवातमा ध्वस्त भएको थियो।

‘यदि तपाईले मलाई अर्को वर्ष के हुन्छ भनेर सोध्नुभयो भने म तपाईलाई भन्न सक्दिन,’ क्लोज ब्रदर्स एसेट म्यानेजमेन्टका प्रमुख लगानी अधिकृत रोबर्ट अल्स्टरले अरु मुद्राहरु झैं पाउन्ड र ब्रिटिस बन्ड बजारले छोटो समयमा दिएको धक्कातर्फ संकेत गर्दै भने। 

प्राविधिक समस्या

ब्याजदरमा भएको वृद्धिले बिभिन्न प्रविधिका जायन्ट कम्पनीहरुबाट ३.६ ट्रिलियन अमेरिकी डलर खोसिएको छ। फेसबुक र टेस्ला दुवै ६० प्रतिशतभन्दा बढीले तल झरेका छन् भने गुगल र अमेजनले क्रमशः ४० प्रतिशत र ५० प्रतिशत गुमाएका छन्।

शून्य कोभिड नीतिका दिनहरू अन्त्य हुन लागेकाले चिनियाँ स्टकमा पछिल्लो समय केही सुधार देखिए पनि स्टक मार्केट अझै २५ प्रतिशत तल छ। उदीयमान बजार 'हार्ड करेन्सी' सरकारी ऋणले यसको पहिलो पटक ब्याक-टु-ब्याक घाटा ब्यहोर्नु परिरहेछ। 

त्यस्तै, प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) र बन्ड बिक्री पनि मध्यपूर्वीय देशहरुबाहेक अन्य सबैतिर घटेको छ। जबकि कमोडिटी बजार लगातार दोस्रो वर्षको लागि उत्कृष्ट प्रदर्शन गर्ने क्षेत्र भएको छ।

प्राकृतिक ग्यासको मूल्यमा ५० प्रतिशत भन्दा बढी वृद्धि भएको छ। तर यसलाई वृद्धिभन्दा पनि १४० प्रतिशतसम्मको वृद्धिपछिको गिरावट भन्न सकिन्छ। रुस-युक्रेन युद्धको कारणले एक बिन्दुमा यसको मूल्य १४० प्रतिशतसम्मले बढेको थियो। (रोयटर्सबाट साभार)