पाँच महिनामा ६ खर्ब ६४ अर्बको आयात, पोहोरभन्दा २० प्रतिशतले घट्यो, निर्यात पनि ओरालो

बिजमाण्डू
२०७९ पुष ७ गते १७:२१ | Dec 22, 2022
पाँच महिनामा ६ खर्ब ६४ अर्बको आयात, पोहोरभन्दा २० प्रतिशतले घट्यो, निर्यात पनि ओरालो

काठमाडौं। चालु वर्षको पहिलो पाँच महिना (मंसिरसम्म) मा ६ खर्ब ६४ अर्ब आयात भएको छ। पाँच महिनामा पोहोरभन्दा २०.७१ प्रतिशतले कम आयात भएको हो। 

Tata
GBIME
Nepal Life

पोहोर पाँच महिनामा ८ खर्ब ३८ अर्बको आयात भैसकेको थियो। आयातसँगै निर्यातमा पनि गिरावट आएको छ।

भन्सार विभागको तथ्यांक अनुसार गतवर्षभन्दा ३४.३१ प्रतिशतले निर्यात घटेको छ। चालु वर्ष ६७ अर्ब ३० करोडको निर्यात हुँदा पोहोर १ खर्ब १ खर्ब २ अर्बको निर्यात भएको थियो। 

यस्तै व्यापार घाटा ५ खर्ब ९७ अर्ब पुगेको छ। गतवर्ष यो अवधिमा ७ खर्ब ३५ अर्ब व्यापार घाटा पुगेको थियो। आयातको रफ्तार बढ्दै जादा सरकारले केहि वस्तुमा प्रतिबन्ध समेत लगाएको थियो। प्रतिबन्धको असर आयातमा देखिदा गतवर्ष भन्दा कम आयात भएको हो।