नेपाल क्लियरिङ हाउसले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड, डिजिटल रुपान्तरणमा योगदान

बिजमाण्डू
२०७९ पुष १५ गते ०९:३७ | Dec 30, 2022

काठमाडौं। नेपाल क्लियरिङ हाउस एनसीएचएलले कर्पोरेट एक्सिलेन्स अवार्ड पाएको छ।

Tata
GBIME
Nepal Life

कर्पोरेट क्लब नेपालले आयोजना गरेको 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स' अन्तर्गत फिनटेक विधातर्फ एनसीएचएलले उक्त अवार्ड पाएको जनाएको छ।

उक्त अवार्ड समारोहमा बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो।

डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेकोमा एनसीएचएलले उक्त सम्मान पाएको बताइएको छ। भुक्तानीका पूर्वाधारहरु स्थापना र संचालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले महत्वपूर्ण योगदान पुर्याएको भन्दै अवार्ड दिइएको जारी बिज्ञप्तीमा उल्लेख छ।

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आइपीएस, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट्स इन्टरफेस, कर्पोरेट पे र रिटेल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु संचालन गर्दै आएको छ।