Bizmandu
www.bizmandu.com

संस्थापक र साधारण शेयर मूल्य समान हुँदा संस्थापकले महँगोमा शेयर बेचेर बाहिरिने जोखिम


काठमाडौं। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु बाहेकका कम्पनीको शेयरमा संस्थापक र सर्वसाधारण शेयरधनी छुट्टिने प्रावधान छैन।

संस्थापक शेयरधनीहरुको पनि सर्वसाधारण सरह कारोबार हुन पाउने भए पछि उत्पादनमुलक क्षेत्रमा संस्थापक शेयरधनीहरुले चाहेमा सजिलै शेयर मूल्य बढाएर बाहिरिन सक्छन्। 

नेपाल धितोपत्र बोर्डको नियम अनुसार वास्तविक क्षेत्रका कम्पनीहरुको संस्थापक शेयर तीन वर्ष पछि सर्वसाधारण सरह कारोबार गर्न पाइन्छ। प्राथमिक शेयर निष्काशन गरेको तीन वर्षसम्म संस्थापक शेयर लकिङ हुन्छ। त्यस पछि सर्वसाधारण सरह कारोबार गर्न पाइन्छ।

TATA
SANIMA new
Jagdamba Steel

जलविद्युत कम्पनी, होटल, उत्पादन तथा प्रसोधनमुलक कम्पनीहरुको शेयरमा यो नियम लागु हुन्छ। अहिलेको अवस्थामा सूचिकृत चार वटै होटलको संस्थापक र सर्वसाधारण तर्फको शेयरको मूल्य बराबर रहेको छ। पछिल्लो तीन वर्षको अवधिम शेयर निष्काशन गरेका बाहेक अन्य कम्पनीहरुको सर्वसाधारण र संस्थापक शेयरको मूल्य एउटै छ।

 
यस्तो अवस्थामा कतिपय कम्पनीहरुले सर्वसाधारण तर्फको सिमित शेयरले दोस्रो बजारमा भाउ बढाउछन्। यदि संस्थापक शेयरधनीहरुले गलत नियत राखेर सुरुमा कम्पनीको भाउ बढाउने र लकिङ पिरियड खुला भएपछि महँगोमा शेयर बिक्री गरेर बाहिरिन खोजेमा के हुने ? भन्ने अन्योलता नेपालको शेयर बजारमा देखिएको बजार विश्लेषक प्रकाश तिवारी प्रश्न गर्छन्। 

नेपाल धितोपत्र बोर्डले आफ्ना नियम कानुन बनाउँदा नेपाल राष्ट्र बैंकको बाफिया अनुसार बनाउने गरेको पाइन्छ। नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुले ऐन मार्फत नै सर्वसाधारण र संस्थापक शेयरको संरचना र कारोबार हुने प्रकृया नै फरक फरक किसिमले तोकेको छ।

तर अन्य क्षेत्रका कम्पनीको नियामक निकाय छैन। ति कम्पनीहरुलाई बाफियाले निर्देशित गर्दैन। यस्तो अवस्थामा बोर्डले त्यस्ता गलत मनासय राख्ने कम्पनीहरुलाई निर्देशित गर्न सक्दैन। त्यसैले गर्दा बोर्डले आफ्नो कानुन वा कम्पनी ऐनमा बाफियाको जस्तै संस्थापक र सर्वसाधारण शेयर प्रतिको दायरामा केहि नियम बनाउनु पर्ने बजार विश्लेषकहरु बताउछन्। 

पछिल्लो समय सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई सार्वजनिक शेयर निष्काशन गर्न प्रोत्साहन गर्दै आएको छ। गत वर्षको बजेटमा नै एक खर्ब रुपैयाँ भन्दा माथिका कम्पनीलाई अनिवार्य प्राथमिक शेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेको थियो। बजेटको व्यवस्थालाई सहजिकरण गर्दै बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरुले जम्मा १० प्रतिशत मात्रै शेयर निष्काशन गरे पनि पुग्ने भन्दै नियम बनाएको छ। 

यसले नयाँ कम्पनी आउनलाई प्रोत्साहन त गर्ला तर कुनै कुनै कम्पनीहरुले गतल मनासय सहित १० प्रतिशत शेयर निष्काशन गर्ने र लकिङ पिरियड सकिए पछि दोस्रो बजारको मूल्यमै संस्थापक शेयर बिक्रि गरेर लगानी उठाउन सक्ने जोखिम पनि उत्तीकै रहन्छ। यस्ता लुपहोललाई नियमन गर्न बोर्डले केही निर्देशिका बनाउनु पर्ने तिवारी बताउछन्। 

शेयर बजारमा आउनु भनेको एक्जिट गर्नका लागि पनि हो। अन्तर्राष्ट्रिय मान्यता अनुसार संस्थापक र सर्वसाधारण शेयरको नाममा प्रतिबन्ध लगाउन नहुने केहि विश्लेषकहरु बताउछन्। तर विदेशका शेयर निष्काशन गर्दै गर्दा कम्पनीले आफ्ना सम्पूर्ण तथ्याङ्क सार्वजनिक गर्नु पर्छ। उसले सम्पूर्ण वित्तीय विवरणलाई पारदर्शी रुपमा देखाउनु पर्छ। 

परिपक्व बजारमा कम्पनीहरुले प्राथमिक शेयर निष्काशन गर्दा नै शेयरधनीहरुको वर्ग छुट्टाएर उनिहरुको शेयर हिस्सा र भोटिङ राइट कसको कति हुने निर्धाण गरिन्छ। उदाहरणका लागि फेसवुकको शेयरमा मार्क जुकरवर्गकोशेयर स्वामित्व भन्दा भोटिङ राइट बढि छ। जुकरवर्गको भोटिङ राइट ७८.९ प्रतिशत रहेको छ। उनले सर्वसाधारणलाई शेयर बिक्री गरेपछि तुलनात्मक रुपमा आफुले भोटिङ राइट धेरै लिएका हुन्। त्यस्तै माइक्रोसफटका बिलगेटको पनि शेयर स्वामित्व भन्दा भोटिङ राइट पाँच गुणाले बढि छ।

नेपालका लगानीकर्ता सचेत छैनन्। संस्थापकहरुको मात्रै मनोमानी हुन्छ। नियम बनाउँदा पनि जुकरवर्ग तथा विलगेट जस्ता लगानीकर्ताले मनोमानी गर्छन् भन्ने अनुमान गरिन्छ। साथै नेपालको परिवेसमा मार्क जुकर वर्ग जस्ता लानीकर्ताले वास्तवममै गलत अभ्यास गरेको पनि पाइन्छ। 

यसै आधारमा नेपालको ऐन नियम कानुनको परिकल्पना गरिएको हुन्छ। उनिहरुले गलत गर्छन् भन्ने आधारमा बैंक तथा बीमा कम्पनीका नियामक निकायले केहि रेष्ट्रिक्सनको व्यवस्था गरेका हुन्। तर अन्य क्षेत्रका कम्पनीमा नियामकिय नहुँदा नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीको शेयरमा केहि समय लक गरेर पछि खुला गरिएको पाइन्छ।

तर लगानीकर्ताले लुपहोल खोज्दै बदमासी गर्ने गरेको धेरै उदाहरण देख्न सकिन्छ। केहि उत्पादनमुलक कम्पनी तथा जलविद्युत कम्पनीहरुले थोरै मात्रै शेयर निष्काशन गर्ने। थोरै शेयरबाट दोस्रो बजारमा भाउ बढाउने र लकिङ अवधि खुलेपछि ‍केहि प्रतिशत शेयर महँगोमा बिक्री गरेर लगानी नै उठाउन सक्ने अवस्था रहको बजार विश्लेषकहरु बताउछन्।

जव उनिहरुले शेयर बेचर बाहिरिन्छन् त्यस पछि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य घट्न थाल्छ। यस्ता लुपहोललाई न्युनिकरण गर्न कि त लगानीकर्ता सचेत हुनु पर्छ कि त नियामकिय निकायले बैंक तथा वित्तीय संस्थाहरुको जस्तै नियम कानुन बनाउनु पर्छ। 

नेपालको जस्तो अपरिपक्व बजारमा संस्थापक शेयरधनी नहुँदा कम्पनीको सञ्चालक कम जिम्मेवार हुने र कम्पनीले राम्रो काम गर्न नसक्ने अवधारणाका साथ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको शेयर संरचनामा संस्थापक र सर्वसाधारणको मोडालिटी बनाइएको हो।