BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले ५० दरका नयाँ नोट भोलिबाट बजारमा पठाउँदै, हस्ताक्षर पुरानै गभर्नर नेपालको

२०७७ असार २१


काठमाडौं। यसअघिका गभर्नर डा. चिरञ्जिबी नेपालले हस्ताक्षर गरेको ५० रुपैयाँ दरका नयाँ नोट भोलिबाट बजारमा आउने भएको छ। 

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने घोषणा गरेको हो। नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरु भने कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकको तयारी छ।

५० दरका नोटको डिजाइन पहिले बजारमा आएभन्दा फरक छैन। अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ।

नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विंसं २०७५ लेखिएको छ। अर्को भागमा हिउँ चितुवाको चित्र छ।