BIZMANDU
www.bizmandu.com

पर्शुराम कुँवर क्षेत्रीले ग्लोबल आइएमइ बैंक छाडे, मर्जरको सात महिनामै राजीनामा

२०७७ असार २५

पर्शुराम कुँवर क्षेत्रीले ग्लोबल आइएमइ बैंक छाडे, मर्जरको सात महिनामै राजीनामा
पर्शुराम कुँवर क्षेत्रीले ग्लोबल आइएमइ बैंक छाडे, मर्जरको सात महिनामै राजीनामा

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवर क्षेत्रीले राजीनामा गरेका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ। 

राजीनामा साउन १ बाट लागू हुने छ। जनता बैंक गाभिएपछि उनी गत मंसिर २० गतेदेखि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।

उनले स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेको बताएका छन्।

सञ्चालक समितिसँग कुरा नमिलेपछि राजीनामा गरेको स्रोतको दावी छ। उनले यसअघि नै राजीनामा गरेको पटक पटक हल्ला चलिरहेको थियो।

कुँवर मर्जर अघि जनताको प्रमुख कार्यकारी अधिकृत थिए। त्यसअघि उनी ग्रान्ड बैंक नेपाल र बैंक अफ एसिया नेपालको प्रमुख कार्यकारी अधिकृत थिए। दुबै बैंक बिलय भइसकेको छ।

मेरो जीवनको अर्को महत्वपूर्ण र अविश्मरणिय दिन १)स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी…

Posted by Parshuram Kunwar Chhetri on Thursday, July 9, 2020

कुँवरले राजीनामा गर्नुअघि बैंकले अधिकृत स्तरभन्दा माथिका लागि स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको थियो। यसमा नायव महाप्रबन्धक सुरेन्द्र रेग्मी, प्रमुख ब्यवस्थापक राज रिमालसहित ३३ जनाले भीआरएस लिएका छन्।