BIZMANDU
www.bizmandu.com

जब अर्थमन्त्रीले राजस्व सचिव पुडासैनीको फाइल फ्याँके, प्रधानमन्त्रीसँग भने- राजीनामा गर्छु’

२०७७ असार २६

जब अर्थमन्त्रीले राजस्व सचिव पुडासैनीको फाइल फ्याँके, प्रधानमन्त्रीसँग भने- राजीनामा गर्छु’
जब अर्थमन्त्रीले राजस्व सचिव पुडासैनीको फाइल फ्याँके, प्रधानमन्त्रीसँग भने- राजीनामा गर्छु’


काठमाडौं। पछिल्ला दिन डा. युवराज खतिवडा आफ्नै सहयोगीसँग पनि 'चिढिन' थालेका छन्। अर्थमन्त्री र अर्थमन्त्रालयलाई नजिकबाट नियालिरहेका केही व्यक्तिहरु खतिवडा त्यसरी 'चिढिनु' मा चार/पाँच वटा कारण दिन्छन्। 

Tata
GBIME
Nepal Life

कतिपय आफ्नै ब्यक्तिगत प्रवृत्तिसँग सम्बन्धित छ भने कतिपय बाह्य रूपमा सृजित।

एक, अर्थमन्त्री नियुक्त हुँदा उनी आफूले जे सोचेका थिए, त्यस्तो पर्फमेन्स दिन सकिरहेका छैनन्।

दुई, उनी आफू नचाहँदा नचाहँदै पनि राजनीतिक विवादको केन्द्र बनेका छन्, र अहिले नेकपाको विवादको एउटा कारण आफू बन्न परेकोमा अप्ठ्यारो महसुस गरिरहेका छन्।

तीन, नेपाल राष्ट्र बैंकको लामो जागिरसँगै गभर्नरको पाँच वर्षे कार्यकालसम्म, राजाको पालाको राष्ट्रिय योजना आयोगको सदस्यदेखि गणतन्त्र कालको उपाध्यक्षसम्म नलागेको नीतिगत भ्रष्टाचारको दाग यसपटक लागेकोमा उनलाई पीडा भइरहेको छ। उनले संसदमा यसबारेमा आफ्नो चित्तदुखाइ पनि प्रकट गरे।

चार, अर्थमन्त्रालयमा जुन टीमको अपेक्षा उनले गरेका थिए, त्यो टीम, स्पिरिट र पर्फमेन्स नपाउँदा उनी असन्तुष्ट छन्।

पाँच, राजनीतिक रूपमा मात्रै होइन, उनीमाथि सर्वोच्च अदालतले समेत व्याक्तिगत रूपमा टार्गेट गरेकोमा नमज्जा लागिरहेको छ। 

+++

उनी कतिसम्म चिढिएका छन् भन्ने पछिल्लो उदाहरण राजस्व सचिव रामशरण पुडासैनी बनेका छन्। कोभिड-१९ पछि राजस्वमा पर्ने प्रभाव लगायतका विभिन्न तथ्यांकहरु तयार गरेर केही दिन अघि सचिव पुडासैनी अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकक्षमा पुगेका थिए।

प्रतिवेदन हेरेपछि अर्थमन्त्री खतिवडा रातोपिरो हुँदै 'प्रधानमन्त्रीले क्याबिनेट बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नीलकण्ठ उप्रेतीलाई भारतको राजदूत नियुक्तिको फाइल फालिदिएकै शैलीमा' पुडासैनीकै अघि उनको फाइल टाढै पुग्ने गरी फालिदिएका थिए। 

उनी यतिमा मात्रै रोकिएनन्। राजस्व सचिव पुडासैनीसँग झोक्किँदै भने- ‘अर्थमन्त्रीले समेत नबुझ्ने प्रतिवेदन साधारण जनताले कसरी बुझ्छन्?’ अर्थमन्त्री खतिवडाको खप्की खाएपछि पुडासैनी नियाउरो मुख लगाएर बाहिरिएका थिए। 

साढे दुई वर्षअघि अर्थमन्त्री नियुक्त हुँदाताका खतिवडा निकै उत्साहित थिए। स्वभाव पनि यस्तो थिएन। 

दुई वर्षअघि जब प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग भविष्यका कार्ययोजनामा 'वान अन वान' बेसिसमा छलफल गरेका थिए, त्यतिबेला अर्थसचिव राजन खनालले प्रधानमन्त्रीसँगको छलफलका लागि तयार पारेको प्रिजेन्टेसन कम्प्युटरमा बसेर खतिवडा आफैंले सच्याइदिएका थिए।

पुडासैनीसँग अर्थमन्त्री खतिवडा असन्तुष्ट भएको यो पहिलोपटक भने होइन। अघिल्लो महिना जब आन्तरिक राजस्व विभागले कर तिर्न आउन सार्वजनिक सूचना जारी गर्‍यो, त्यतिबेला पनि सूचनाको भाषाप्रति अर्थमन्त्री खतिवडा रुष्ट भएका थिए। 

लकडाउनकै बीचमा आन्तरिक राजस्व विभागले जेठ २० गते सूचना निकाल्दै करदातालाई जेठ २५ गतेभित्र सबै कर बुझाउन ताकेता गरेको थियो। कर नतिरे जरिवानासमेत लाग्ने चेतावनी विभागले दिएको थियो।

लकडाउनकै बीचमा कर तिर्न आदेश जारी भएको भन्दै अर्थमन्त्री खतिवडाको ठूलो आलोचना भयो। सूचनापछि सरकारमै बसेका अधिकारीहरुले समेत अर्थमन्त्रीको चर्को आलोचना गरे। यो आलोचनापछि अर्थमन्त्री खतिवडाले अर्थसचिव शिशिर ढुंगाना, राजस्व सचिव पुडासैनी, मन्त्रालयकै राजस्व महाशाखा प्रमुख यज्ञ ढुंगेल र विभागका महानिर्देशक विनोद कुँवरलाई छलफलका लागि डाकेका थिए। छलफलमा अर्थमन्त्रीले लकडाउनका बीचमा करको ठाडो सूचना निकालेर ट्रयापमा पारेको भन्दै सूचना ड्राफ्ट कसले गरेको भन्दै प्रश्न राखेका थिए।

अर्थमन्त्रीको प्रश्न झर्न नपाउँदै सचिव पुडासैनीले विभागबाटै सूचना ड्राफ्ट भएर छापिएको जवाफ दिएका थिए। यो जवाफपछि विभागका महानिर्देशक कुँवरले झोक्किँदै भनेका थिए- ‘सूचनाको ड्राफ्ट तपाइँले तयार पारेर छाप्न लगाउनुभएको होइन? अहिले विवादमा आएपछि मलाइ झोस्ने काम गर्नुहुन्छ?’ 

अर्थमन्त्री खतिवडाकै अगाडि पुडासैनी र कुँवरबीच आरोप प्रत्यारोप चल्यो।

त्यसबेलादेखि नै अर्थमन्त्री खतिवडा पुडासैनीप्रति असन्तुष्ट बनेको स्रोतले बतायो। स्रोतका अनुसार पुडासैनीकै कारण आफू विवादमा तानिएको निष्कर्षमा खतिवडा पुगेका छन्। 

पुडासैनीको कार्यशैलीबाट अर्थमन्त्री खुशी छैनन्। बजेट निर्माणकै क्रममा समेत उनी पुडासैनीसँग सन्तुष्ट थिएनन्। 

'लकडाउनको बेलामा करको सूचना निकालेपछि अर्थमन्त्री थप चिढिएका हुन्,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अहिले पुडासैनीलाई देख्नै चाहनुहुन्न।’ 

ती कर्मचारीका अनुसार, लकडाउनको अवधिमा समेत कर उठाउने विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको अर्थमन्त्रीको ठम्याइ छ।

‘मुलुक कठिन परिस्थितिमा रहेका बेला उद्योगी व्यापारीलाई फकाइफुल्याइ कर तिर्नका लागि भूमिका खेल्नुपर्थ्यो। त्यसमा राजस्व सचिवले कामै गर्न नसकेको देखियो,’ उनले भने, ‘बरु अर्थसचिव ढुंगाना नै करको हाकिमजस्तो गरेर सबै उद्योगीलाई फोन गरेर सहयोगका लागि आग्रह गरिरहनुभएको छ।’

पुडासैनी आफैं पनि अर्थमन्त्रालयभित्र हुने छलफलमा राजस्वका विषय आएपछि पन्छिन खोज्छन्। अर्थमन्त्रालयका एक सहसचिव भन्छन्, 'बरु उहाँ बजेटको विषय आयो भने चम्किएर बोल्न खोज्नुहुन्छ।'

यसले गर्दा अर्थमन्त्री मात्रै होइन, अन्य कर्मचारी पनि उनीसँग असन्तुष्ट छन्। अहिले राजस्व सचिव एक नम्बर सचिव जस्तो र एक नम्बर सचिव राजस्व सचिवको भूमिकामा देखिएका छन्।

+++

अर्थमन्त्रीको भूमिकामा खतिवडा आफू नै सन्तुष्ट नभएपछि प्रधानमन्त्री ओलीसँग राजिनामाको प्रस्ताव समेत गरिसकेका छन्। 'विवादमा पनि तानिएँ, मेरा कारण तपाईँलाई राजनीतिक रुपमा अप्ठ्यारो पनि भयो' भन्दै खतिवडाले प्रधानमन्त्रीलाई राजिनामाको प्रस्ताव गरिसकेको जानकारी निकटहरुलाई सुनाएका थिए। 

तर प्रधानमन्त्री ओलीले कामलाई निरन्तरता दिनु भनेपछि उनी हच्किएका छन्। उनले यो जानकारी आफ्ना सर्कलका साथीहरुलाई सेयर समेत गरेका थिए। 

'छोड्छु भनेको छाड्न पनि सकिएको छैन, पब्लिक, आफूसँग असन्तुष्ट व्यापारी, नेकपाको नेताको 'इजी  टार्गेट' मा आफू परिएकोमा उनी निराश देखिन्थे,' स्रोतले भन्यो।

+++

प्राविधिक रूपमा अर्थमन्त्रीमा डा. युवराज खतिवडाको यो दोस्रो कार्यकाल हो। पहिलो दुई वर्षे कार्यकाल अर्थात राष्ट्रिय सभा सदस्यका रूपमा अर्थमन्त्री रहँदा उनी आत्मविश्वासले भरिएका थिए।

विशेष गरी उनी तीनवटा कुराले आत्मविश्वासी थिए।

एक, पछिल्ला केही दशकमा नियुक्त भएका दर्जन अर्थमन्त्रीभन्दा आफूसँग नेपालको अर्थतन्त्रका बारेमा धेरै ज्ञान छ। यो ज्ञानबाट आर्थिक वृद्धिदरलाई ड्राइभ गर्न सकिन्छ।

दोस्रो, नेपालमा जसले अर्थमन्त्रालय चलाए, उनीहरु नैतिक (भ्रष्टाचार) रूपमा कमजोर थिए, त्यसकारण बजेटदेखि धेरै कुरामा कहिँ न कहिँ समस्या थियो। नेतृत्वले नै भ्रष्टाचार नगरेपछि धेरै समस्या समाधान हुन्छ।

तीन, दुई तिहाइ सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास आफूसँग छ र यो अवस्थामा नेपालको अर्थतन्त्रको विकासका लागि पोलिसी डिपार्चर हुनेसम्मका निर्णय गर्न कुनै कठिनाइ हुने छैन।

यही कारण अर्थमन्त्रीमा नियुक्त भएको केही दिनमै डा. खतिवडाले नेपालको अर्थतन्त्रको भयावह तस्बिर देखाउँदै श्वेतपत्र नै सार्वजनिक गरेका थिए। ३० पेजको यो श्वेतपत्रमा अर्थतन्त्र किन समस्यामा छ, ती समस्यालाई समाधान गर्न के पहल हुनेछ भन्ने व्याख्या समेत थियो।

 

DV.load(“https://www.documentcloud.org/documents/6986347-Swet-Patra-Final-1.js”, {
responsive: true,
height: 550,
container: “#DV-viewer-6986347-Swet-Patra-Final-1”
});

Swet Patra Final (1) (PDF)

Swet Patra Final (1) (Text)

तर, आज अवस्था कस्तो आएको छ भने पूराना अर्थमन्त्रीभन्दा आफूसँग बढी ज्ञान छ भन्ने खतिवडाको आत्मविश्वास यो बीचमा पुरै धराशायी भएको छ। सायद उनी आफैंले ड्राफ्ट गरेर २०७४ चैत १६ गते सार्वजनिक गरिएको स्वेतपत्र उनी आफैं फेरि एकपटक पढ्न नसक्ने अवस्थामा छन्।

त्यसमाथि कोभिडको प्रभाव परेपछि सरकारको आयव्यय मात्रै प्रभावित छैन, अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको छ। केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ। यो लकडाउन सुरु हुँदाको प्रक्षेपण हो। 

जबकी पछिल्लो एक दशकमा २०७२ वैशाखमा भूकम्प र त्यसपछि लगत्तै ६ महिनाको नाकावन्दी झेलेको आर्थिक वर्ष २०७२/७३ मा मात्रै अहिले प्रक्षेपण गरेभन्दा कम आर्थिक वृद्धिदर भएको थियो। नभए अधिकांश वर्ष अहिले प्रक्षेपण गरेभन्दा बढी नै आर्थिक वृद्धि थियो। 

पछिल्लो बजेटले उनको दोस्रो आत्मविश्वासलाई समेत धराशायी बनाएको छ। बजेटमा विद्युतीय गाडी र चकलेटको भन्सार दरलाई हेरेफेर गरिएपछि उनीमाथि औंला समेत ठडियो।

खतिवडालाई चिन्ने अधिकांश व्यक्ति मान्छन्, उनका हजारौं कमिकमजोरी छन्, कसैलाई नगन्ने बानीदेखि आफूबाहेक अरु कसैले केही जानेकै छैन भन्ने अहंकार उनीसँग छ, तर उनी आर्थिक मामिलामा 'क्लिन' छन्। 

तर, यसपटक बजेटमार्फत विद्युतीय गाडीको कर बढाउँदा र चक्लेटको भन्सार दर घटाउँदा उनलाई नखाएको 'विष' लाग्यो। विभिन्न  सन्दर्भहरु मिलेका कारण पहिलो पटक आफ्नो सार्वजनिक छविमा दाग लागेपछि उनी निराश भएको निकट अधिकारीहरु बताउँछन्।

मिडिया, सामाजिक सञ्जाल हुँदै आमसर्वसाधारणमा यो विषयलाई धेरै उचालिएपछि अर्थमन्त्री खतिवडालाई चिन्ने व्याक्तिहरुको उनीमाथिको 'पर्सेप्सन' मा समेत परिवर्तन भएको उनले पाएका छन्। 

आफू क्लिन भए पनि नाकै अघि कर्मचारीले भ्रष्टाचार गरिरहेका छन् भन्ने सूचना उनीमा नभएको पनि होइन। 'तपाईँको जुन छवि छ, त्यो छविअनुसार भन्सारदेखि राजस्व कार्यालयमा हाकिम छैनन् है' भन्ने सन्देश उनले धेरै पहिले नै पाएका थिए।

विशेष गरी विभिन्न भन्सार कार्यालयका कर्मचारीविरुद्ध राजस्व अनुसन्धान विभागले नै औंला ठड्याएपछि त्यो सन्देश पुष्टिसमेत भएको थियो। तर पनि उनले त्यस्ता कर्मचारीलाई हटाउन र आफूले चाहेका नयाँ कर्मचारीलाई पदस्थापन गर्न सकिरहेका छैनन्। 

सचिवदेखि भन्सार र करका हाकिमसम्मको सरुवामा प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको दख्खल छ। त्यही कारण उनले आफ्नो टीम बनाउन पाएका छैनन् र आफ्नो स्पिरिटमा दौडन पनि सकिरहेका छैनन्।

यही कारण उनी केही व्यवसायी र अर्थमन्त्रालयमा लामो अनुभव सम्हालेका रिटायर्ड कर्मचारीसँग समेत छलफल गर्न सकिरहेका छैनन्। 

'धेरै मान्छे र व्याक्तिका विषयमा प्रधानमन्त्रीका सल्लाहाकारबाट 'रिजर्भेसन' हरु आउँछन्, राजनीतिक व्याक्तित्व नभएका कारण अर्थमन्त्री ती रिजर्भेसनहरुलाई क्रस गर्न सकिरहनु भएको छैन्,' स्रोतले भन्यो।

त्यसबाहेक पछिल्लो पटक राष्ट्रिय सभामा डा. युवराज खतिवडा कि वामदेव गौतम भन्ने पार्टिभित्रको विवादले समेत उनलाई अप्ठ्यारो परिरहेको छ। जब खतिवडाको राष्ट्रिय सभाको कार्यकाल सकियो, त्यो सिटमा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको टिमले वामदेव गौतमलाई लैजान सिफारिस गर्‍यो। नेकपामा यो सिफारिस विशेष गरी खतिवडालाई राष्ट्रिय सभामा लैजान रोक्ने र अर्थमन्त्रीबाट हटाउने गरी आएको थियो। 

तर, खतिवडालाई फेरि राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कडा अडान राखे। सुषुप्त रूपमा रहेको नेकपाको विवाद यही प्रकरणबाट मुखर हुन थाल्यो। राष्ट्रिय सभाको एउटा पद खाली राखेर तत्कालका लागि अर्थमन्त्रीमा खतिवडालाई ओलीले फेरि सपथग्रहण गराए। अनि त्यही बेला ओली आफैं मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए।

यसरी शक्तिशाली सरकारको शक्तिशाली अर्थमन्त्रीबाट खतिवडा, एकैपटक पार्टीको विवादको केन्द्रमा पुगे। यसले पनि खतिवडाको आत्मविश्वास खस्किएको विश्लेषण उनलाई नजिकबाट नियालिरहेका एक बैंकरले गरे।

+++

त्यसमाथि सर्वोच्च अदालतले पनि अर्थमन्त्री खतिवडालाई बेलाबेलामा टेढो आँखा देखाइरहेको छ। कर चुक्ताको विषयदेखि विभिन्न कर विवादको मुद्दामा सर्वोच्च अदालत पहिलेभन्दा 'यु टर्न' भएको छ। र टार्गेटमा संस्थागत रूपमा अर्थमन्त्रालयभन्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडा परिरहेका छन्। किन ? बिजमाण्डूको अर्को स्टोरी