BIZMANDU
www.bizmandu.com

डिसहोमको फण्ड ट्रान्सफर गर्दा लक्की ड्रमार्फत हरेक साता २ लाख, मागपछि स्किमलाई निरन्तरता

२०७७ असार २६

डिसहोमको फण्ड ट्रान्सफर गर्दा लक्की ड्रमार्फत हरेक साता २ लाख, मागपछि स्किमलाई निरन्तरता
डिसहोमको फण्ड ट्रान्सफर गर्दा लक्की ड्रमार्फत हरेक साता २ लाख, मागपछि स्किमलाई निरन्तरता



काठमाडौं। डिशहोमको फन्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्दा हरेक हप्ता नगद दुई लाख रुपैयाँ जित्न सकिने भएको छ। 

Tata
GBIME
Nepal Life

डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको सफलतापछि कम्पनीले अफरलाई निरन्तरता दिएको छ। गत फागुन २ गतेदेखि सुरु भएको 'डिलर दाईको डिस्काउन्ट अफर' ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकको मागका कारण निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलरमार्फत फन्ड ट्रान्सफरवाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाइने विज्ञप्तिमा उल्लेख छ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १००, सोकेस च्यानल २ नम्बर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्र गरिने छ। 

यसबाट २ जना भाग्यशाली विजेता छनोट हुने छन्। उनीहरुलाई एक लाख रुपैयाँका दरले नगद उपलब्ध गराइने छ। अनलाइनमार्फत ५ हजार वा त्योभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि लक्क ड्रमा सहभागी गराइने भएको छ।