BIZMANDU
www.bizmandu.com

सेयर बजारमा झिनो सुधार, २ अर्ब ५३ करोडको कारोबार, पोखरा फाइनान्सको सेयरमा सर्किट

२०८१ बैशाख १२

सेयर बजारमा झिनो सुधार, २ अर्ब ५३ करोडको कारोबार, पोखरा फाइनान्सको सेयरमा सर्किट
सेयर बजारमा झिनो सुधार, २ अर्ब ५३ करोडको कारोबार, पोखरा फाइनान्सको सेयरमा सर्किट

काठमाडौं। सेयर बजार कारोबारमा बुधबार झिनो सुधार छ। बजार सामान्य अंकले बढ्दा बुधबार पोखरा फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा रह्यो। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक २.४४ प्रतिशतले बढेको छ।

कारोबारमा आएका ३१३ कम्पनी मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। माईखोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।

२ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर ६३ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।