BIZMANDU
www.bizmandu.com

विकास परिषदमा अध्यक्ष ढकालको सुझाव, ‘निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि’ 

२०८१ बैशाख १३

विकास परिषदमा अध्यक्ष ढकालको सुझाव, ‘निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि’ 
विकास परिषदमा अध्यक्ष ढकालको सुझाव, ‘निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि’ 

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बलियो आर्थिक आधार नभए राजनीतिक र सामाजिक परिवर्तन दिगो नहुने बताएका छन्। अध्यक्ष ढकालले आगामी योजना तर्जुमामा आमूल परिवर्तनको आवश्यकता पनि औँल्याएका छन्।  

Tata
GBIME
Nepal Life

विकास परिषद्को बैठकमा मन्तव्य दिँदै ढकालले लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानीसँग सम्बन्धित कानुन परिमार्जन गरेर सकारात्मक सन्देश दिएका पनि बताए। 

यो पटकको योजनाको मुख्य अवधारणा नै निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि हुनुपर्ने सुझाव पनि ढकालले दिए।   

निजी क्षेत्रको योगदान अर्थतन्त्रमा ८१ प्रतिशत पुगेको दाबी गर्दै ढकालले रोजगारीमा पनि निजी क्षेत्रको योगदान ८६ प्रतिशत रहेको बताए। 

तीव्र आर्थिक वृद्धि हासिल गरिरहेका बंगलादेश, इथियोपिया, क्याम्बोडिया, रुवान्डा र लाओसजस्ता मुलुकहरूले निजी क्षेत्रको भूमिका आत्मसाथ गरेको पनि ढकालले बताए। 

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा वैदेशिक सहायता कमी हुने भन्दै ढकालले निजी क्षेत्रलाई अगाडि बढाउनु आवश्यकता रहेको बताए। 

सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रमैत्री नीति आउनुपर्ने ढकालको भनाई छ। 

उनले योजनाको आधारमा मध्यकालीन खर्च संरचना, वार्षिक बजेट निर्माण हुने भएकाले सबै दस्ताबेजमा निजी क्षेत्र मैत्री योजना समावेश हुनुपर्ने सुझाव दिए। उत्पादनमूलक उद्योग, साना उद्योग, राष्ट्रिय आवश्यकताका उद्योगमा केही समयका लागि छुट र सहुलियत दिनुपर्ने ढकालको सुझाव छ। ब्याजमा पनि सहुलियत दिन उनको सुझाव छ। 

सूचना प्रविधि क्षेत्रको सम्भावना हेरेर उद्योगको रूपमा विकास गर्न निश्चित अवधिसम्म सुविधा प्रदान गर्नुपर्ने उनको भनाई छ।