BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले तुलसीपुरस्थित मालपोत कार्यालयमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर

२०८१ बैशाख ७

ग्लोबल आइएमई बैंकले तुलसीपुरस्थित मालपोत कार्यालयमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर
ग्लोबल आइएमई बैंकले तुलसीपुरस्थित मालपोत कार्यालयमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं। ग्लोबल आइएमई बैंकले दाङको तुलसीपुर उप–महानगरपालिकामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले उप–महानगरपालिका-६ स्थित मदनआश्रित चोकमा रहेको मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक्सटेन्सन काउन्टर उद्‍घाटन गरे।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर संख्या अब ६८ पुगेको छ।

बैंकका अनुसार नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिटेन्स लगायत सेवा उपलब्ध हुनेछन्।