BIZMANDU
www.bizmandu.com

वेस्ट इण्डिज ‘ए’ सँगको सिरिज आजबाट, विश्वकपअघि क्षमता आँक्ने अवसर

२०८१ बैशाख १५

वेस्ट इण्डिज ‘ए’ सँगको सिरिज आजबाट, विश्वकपअघि क्षमता आँक्ने अवसर
Rohit Kumar Paudel (C) of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं। नेपाली क्रिकेट टोली र वेस्ट इण्डिजबीच शनिबारदेखि पाँच खेलको टी-२० सिरिज सुरु हुँदैछ। सिरिजको पहिलो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

नेपाल पहिलो पटक आएको टेस्ट टोलीले पनि विश्वकप अघि इण्डियन प्रिमियर लिग (आईपीएल)मा नपरेका खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा हेरेको जनाएको छ। यता एसीसी प्रिमियर कपमा शीर्ष चारमा पर्न नसक्दा एसिया कप र इमर्जिङ एसिया कपमा पुग्न नसकेको नेपाललाई लयमा फर्कन चुनौती छ। त्यस्तै केही महत्त्वपूर्ण खेलाडीको खस्कँदो लय पनि नेपालका लागि टाउको दुखाइ बनिरहेको छ।

विश्वकप नजिकिँदै गर्ने टोलीमा धेरै फेरबदल नचाहेका प्रशिक्षक मोन्टी देशाइले एसीसी प्रिमियर कप खेलेका खेलाडी यथावत राख्दै नेपाल ‘ए’ बाट पाँच खेलाडी थप गरेका छन्। क्यानले यसअघि घोषणा गरेको टोलीलमा आरिफ शेख थपिएकोमा लोकेश बम, विनोद भण्डारी, कमलसिंह ऐरी र सागर ढकाललाई पनि समावेश गरिएको हो।

नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। खेल हेर्न टिकट शुल्क २ सय तोकिएको छ। आईएमई पे एपबाट टिकट लिन सकिन्छ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, गुल्सन झा, करण केसी, आकाश चन्द, ललितनारायण राजवंशी, प्रतिश जिसी, अभिनास बोहरा, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी

वेस्ट इण्डिज टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप-कप्तान), फेबियन एलेन, कदीम एलिय्ने, जोसुआ विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पउल, ओशाने थोमस, हाइडेन वाल्स