BIZMANDU
www.bizmandu.com

कांग्रेसले उठायो आवधिक योजनाको औचित्यमाथि प्रश्‍न, ‘शिक्षा र स्वास्थ्यमा स्रोत खेर गयो’

२०८१ बैशाख १३

कांग्रेसले उठायो आवधिक योजनाको औचित्यमाथि प्रश्‍न, ‘शिक्षा र स्वास्थ्यमा स्रोत खेर गयो’
कांग्रेसले उठायो आवधिक योजनाको औचित्यमाथि प्रश्‍न, ‘शिक्षा र स्वास्थ्यमा स्रोत खेर गयो’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १६औं योजनामा प्रस्तावित आर्थिक लक्ष्य हासिल गर्न सम्भव नरहेको बताएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय विकास परिषद्‍को बिहिबार बसेको बैठकमा कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्व नरहेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव नरहेको बताए।

राष्ट्रिय योजना आयोगले १६औं योजनाको मस्यौदामा ७.३ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

‘सरकार स्थिर छैन। स्थायित्व नआएसम्म १६औं योजनाको मस्यौदामा प्रस्ताव गरे अनुसार ७.३ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिँदैन। बढीमा ५ प्रतिशत हो। मैले त घटाउनु भनेकै हो,’ पूर्वअर्थमन्त्री महतले भने।

उनले लक्ष्य अनुसार प्राथमिकता तय नगरिएको पनि बताए। ‘लक्ष्यअनुसार प्रायोरिटी छैन। सामाजिक सुरक्षामा डुप्लिकेसन धेरै छ। ठेक्का लक्षित भवनतिर लगानी गर्दा राम्रो भएको छैन। क्षेत्रलाई प्रयोटाराइज गरेर विकास गरौं,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा पनि इफिसियन्ट लगानी छैन। स्रोत खेर गइरहेको छ।’

महतले आवधिक योजनाको औचित्यमाथि नै प्रश्न उठाए। ‘दुई तीनवटा बाहेकको लक्ष्य प्राप्त हुन सकेको छैन। लक्ष्य र उपलब्धिमा ठूलो ग्याप छ। समग्र संरचना अस्थिर छ, प्रोफेसनालिज्म छैन,’ उनले भने, ‘आवधिक योजनाको औचित्य समाप्त भइसक्यो। अब राष्ट्रिय योजना आयोगलाई नीति र अनुमगनको काम गर्ने संरचनामा परिणत गर्नुपर्छ।’

महतले अब मानिसलाई गाउँ नछोड् भन्नु भन्दा योजनाबद्ध सहर विकास गर्नुपर्नेमा जोड दिए।

उनले मौद्रिक नीतिमार्फत लगानी सुरक्षित गर्नुपर्ने पनि बताए।