BIZMANDU
www.bizmandu.com

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थ मन्त्रालयको सहमति, मन्त्रालयको पत्रमा के छ ?

२०८१ बैशाख १४

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थ मन्त्रालयको सहमति, मन्त्रालयको पत्रमा के छ ?
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सहमति दिएको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले सहमति दिएपछि सेबोनलाई कमिसन घटाउने निर्णय गर्ने बाटो खुलेको छ। अब सेबोनको सञ्चालक समितिले यसबारे निर्णय गर्नेछ।

सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालय सहमत भएको बताए। ‘ब्रोकर कमिसन घटाउने प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएको छ,’ उनले भने, ‘अब बोर्डमा छलफल गरेर निर्णय हुन्छ।’

लगानी सम्मेलनपछि बोर्ड बैठक बस्ने तयारी छ। सेबोनका एक सञ्चालकका अनुसार मन्त्रालयले कमिसन १० प्रतिशत घटाउन भनेको छ।

ब्रोकरबाट सेबोनले लिने कमिसन घटाउन लागिएको छ। कमिसन घटाउँदा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई भार कम पर्छ।

अर्थमन्त्री वर्षमान पुनले गत फागुन २३ गते पदबहालीका क्रममा सेयर बजारमा सुधारको कदम चाल्ने बताएका थिए।