BIZMANDU
www.bizmandu.com

हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको सुझाव, नीतिगत सुधारमा सहकार्य गरिने

२०८० चैत्र १५

हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको सुझाव, नीतिगत सुधारमा सहकार्य गरिने
हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको सुझाव, नीतिगत सुधारमा सहकार्य गरिने


काठमाडौं। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटन र हवाई यातायात क्षेत्र प्रवर्द्धन गर्न सरोकारवाला निकाय एक हुनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघ र समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको बताए।

महासंघको पर्यटन तथा हवाई यातायात समितिले पर्यटनको विकासका लागि समितिलाई ७ बुँदे सुझाव समेत पेस गरेको छ। महासंघले पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटेलमा लगाइएको लक्जरी कर हटाउनुपर्ने, हवाई टिकट खरिदमा लगाइएको कर हटाउनुपर्ने, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा भएको रोयल्टीको व्यवस्थालाई संशोधन गर्नुपर्नेलगायतका सुझाव दिएको थियो

सभापति यादवले महासंघका माग देशको हितमा भएको र यस विषयमा तत्काल सम्बद्ध निकायसँग छलफल गरी निकास दिने प्रतिबद्धता व्यक्त गरे।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन उद्योगमा देखिएका चुनौतीलाई सरकारले सक्रिय रूपमा सम्बोधन गर्दै प्रभावकारी समाधान खोज्नुपर्ने बताए।

उनले यस क्षेत्र भित्रको विकास र नवप्रवर्तनलाई बढवा दिनुपर्ने भन्दै नीति नियम संशोधन हुनुपर्ने सुझाए।

महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु (अजित) बस्नेतले हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट र होटेलमा लगाइएको विलासी करलाई हटाउनुपर्ने बता