BIZMANDU
www.bizmandu.com

तीन ठूला घरानाको सौर्य सिमेन्टले ६ महिनामा गर्‍यो साढे २ अर्बभन्दा बढीको कारोबार

२०८१ बैशाख ७

तीन ठूला घरानाको सौर्य सिमेन्टले ६ महिनामा गर्‍यो साढे २ अर्बभन्दा बढीको कारोबार
तीन ठूला घरानाको सौर्य सिमेन्टले ६ महिनामा गर्‍यो साढे २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। शंकर, अम्बे र हुलास समूहको लगानी रहेको सौर्य सिमेन्टले ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष २०२२/२३ मा ७ अर्ब ४० करोड रुपैयाँको कारोबार गरेको कम्पनीले २०२३/२४ को ६ महिनामा साढे २ अर्बभन्दा बढीको व्यापार गरेको हो। कम्पनीले २०२१/२२ मा ७ अर्ब ४३ करोड र २०२०/२१ मा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको थियो। 

सिराहाको मिर्चैयामा प्लान्ट रहेको सौर्य सिमेन्टसँग दैनिक ३ हजार टन क्षमतको ग्राइन्डिङ युनिट छ। २०२१ को उत्तरार्द्धबाट यो युनिट संचालनमा आएको थियो।

कम्पनीले आफ्नो भगिनी संस्था सौर्य सिमेन्टमार्फत उदयपुरको कटारीमा उत्खनन अधिकार लिएको छ। यहीँबाट सौर्य सिमेन्टले आफूलाई आवश्यक चुनढुंगा उपयोग गर्छ। मिर्चैयामा कम्पनीले ५.५ मेगावाटको वेस्ट हिट रिकभरी सिस्टम (डब्लूएचआरएस) प्लान्ट संचालन गरिरहेको छ। यसबाट उत्पादित ऊर्जाले कुल आवश्यक बिजुलीको २५ प्रतिशत भर्पाइ गर्ने बताइएको छ। सुलभ अग्रवाल कम्पनीको अध्यक्ष छन्। 

कम्पनीले १४ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सबाट रेटिङ पुन:पुष्टि गराएको छ। १० अर्ब ८५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन ट्रिपल बी माइनस र ३ अर्ब १६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए थ्री रेटिङ पुन:पुष्टि गराएको छ।