BIZMANDU
www.bizmandu.com

चेम्बरको सल्लाहकार परिषद्‍ अध्यक्षमा श्रेष्ठ, व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने

२०८१ बैशाख ११

चेम्बरको सल्लाहकार परिषद्‍ अध्यक्षमा श्रेष्ठ, व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने
चेम्बरको सल्लाहकार परिषद्‍ अध्यक्षमा श्रेष्ठ, व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्‍ अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन्।

Tata
GBIME
Nepal Life

चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद्को अध्यक्षमा श्रेष्ठ चयन भएको चेम्बरले मंगलबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। श्रेष्ठ चेम्बरका पूर्वअध्यक्ष हुन्।

परिषद्‍मा हेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेत लगायत सदस्य छन्।

परिषद्‍ले सरकार र निजी क्षेत्रबीच समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीको हकहित र निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरले जनाएको छ।